काठमाडौं, असार – राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै डा। मुकुल ढकाल सर्वोच्च अदालत गएका छन्।ढकालले निर्वाचन आयोगमा आफू महामन्त्री रहेको अभिलेखलाई यथावत राख्नुपर्ने र महामन्त्रीको रुपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गरेका छन्।ढकालको निवेदनमाथि न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुनेछ ।ढकालले रास्वपाले महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित गरेर कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ता बनाउने निर्णय गरे पनि निर्वाचन आयोगको अभिलेखमा आधिकारिक रुपमा आफू नै महामन्त्री र प्रवक्ता भएकाले त्यसलाई यथावत् राख्नु भन्ने माग गरेका छन्।