विपीएस पार्क बुटवलको स्मृति, संस्कार र सार्वजनिक जीवनशैली रूपान्तरण गर्ने बहुआयामिक संरचना

प्रकाशित मिति:

सबलडेक्स । बुटवल उपमहानगरपालिका–११ स्थित देविनगरमा निर्माण भइरहेको विपीएस पार्क केवल एउटा सामान्य पार्क निर्माणको योजना नभई यसले समेट्ने ऐतिहासिक सन्दर्भ, भौगोलिक रूपान्तरण, सामुदायिक समावेश, स्मृति संरक्षण र समृद्ध सार्वजनिक जीवनशैलीको सम्भावनाले यो परियोजनालाई देशकै नमूनामध्ये एक बनाउन थालिएको छ । नगर प्रमुख खेलराज पाण्डेयको सक्रियतामा निर्माणाधीन यो पार्क १३ कठ्ठा क्षेत्रफलमा फैलिएको आधुनिक नागरिक उपयोगका सबै आधारभूत सुविधासहितको संरचना बन्नेछ, जसमा नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रमुख तीन व्यक्तित्वहरू — बिपी कोईराला, पुष्पलाल श्रेष्ठ , र सूर्यप्रसाद प्रधानको शालिक निर्माण गरिनु यस परियोजनाको वैचारिक, ऐतिहासिक र सन्देशमूलक पक्षलाई विशेष बनाएको छ । नेपालको लोकतान्त्रिक इतिहासमा विशिष्ट भूमिका खेलेका ती नेताहरूको योगदान सम्झनु मात्र नभई आजको पुस्तालाई नेतृत्व, मूल्य र सशक्त नागरिक चेतनासँग जोडी रहनु वर्तमान राजनीतिक–सामाजिक सन्दर्भमा एक महत्वपूर्ण कदम हो। पार्कको प्रारम्भिक चरण आर्थिक वर्ष २०७९- ८० मा ४० लाख रुपैयाँको लगानीबाट कम्पाउन्ड वाल निर्माण गर्दै थालिएको हो, जसपछि २०८०- ८१ मा २ करोड ४५ लाख रुपैयाँ विनियोजन गर्दै संरचना निर्माण तीव्र गरियो र चालु आर्थिक वर्ष २०८१र८२ मा थप १ करोड ८० लाख विनियोजन गर्दै पार्कको अन्तिम चरणसम्म निर्माण कार्य विस्तार गरिएको छ । हालसम्म कुल लगानी ४ करोड ६३ लाख रुपैयाँभन्दा बढी पुगिसकेको छ, जसबाट पार्कमा निर्माण हुने २५० जना अट्ने बहुउपयोगी सभाहल, ४ ओटा विश्राम छहारी, बालबालिकाको खेलमैदान, ओपन जिम, पैदल मार्ग, हरियाली वृक्षरोपण, प्रवेशद्वार सौन्दर्यकरण, शौचालय, बत्ती तथा सिटिङ एरियाहरूजस्ता संरचनाहरू निर्माणाधीन छन्।

नगरको दक्षिणी क्षेत्र बुटवल–११ मा वन्दै गरेको यो पार्कले अहिलेको शहरीकरण र खुला सार्वजनिक स्थान अभावका सन्दर्भमा ‘शहरभित्रको हरियाली टापु’ को भूमिकासमेत निर्वाह गर्नेछ, जसले सास फेर्ने ठाउँ मात्र हैन, सामाजिक संवाद, स्मृति संरक्षण र नागरिक सक्रियताको केन्द्रको रूपमा विकास हुने अपेक्षा गरिएको छ। इञ्जिनियर गौतम रौनियारका अनुसार, आगामी वैशाख २०८२ भित्र सम्पूर्ण संरचनात्मक काम सकिनेछ, त्यसपछि पार्क स्थानीयवासी, विद्यालय, क्लब, संघसंस्था र विशेष अवसरका लागि खुला रहनेछ। पार्कको बहुउपयोगी सभाहल सामाजिक छलफल, सामूहिक कार्यशाला, सांस्कृतिक कार्यक्रम, बालबालिकाको प्रतिभा प्रदर्शनलगायतमा प्रयोगमा ल्याउने गरी डिजाइन गरिएको छ भने बालबालिकाका लागि बनाइएको खेल क्षेत्र सुरक्षा, सृजनशीलता र मनोरञ्जनको दृष्टिबाट आदर्श मानिन्छ । खुला व्यायाम उपकरण ओपन जिम बाट स्थानीय युवादेखि जेष्ठ नागरिकसम्मले शारीरिक सक्रियता वृद्धि गर्न सक्नेछन्। यसले एकातर्फ नागरिक स्वास्थ्यमा सुधार ल्याउनेछ भने अर्कोतर्फ निजी जिमको विकल्पस्वरूप निःशुल्क पहुँचयोग्य स्थान बन्नेछ। पर्यावरणीय दृष्टिले पनि पार्कले शहरी क्षेत्रको हरियाली सन्तुलनमा योगदान पुर्याउनेछ, विरुवा रोपिने, मौसमी फूलबारी बनाइने, र मौसमअनुसारको सुन्दरता प्रस्तुत गरिने योजना छ । बुटवल उपमहानगरपालिकाले चालु बजेटमा यस परियोजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नु, टेन्डर प्रक्रियाबाट पारदर्शी निर्माण अघि बढाउनु, र प्राविधिक निगरानीसमेत नियमित गर्नु यस योजना प्रति देखिएको गम्भीरता हो । अर्कोतर्फ, नगर प्रमुख पाण्डेयले यो पार्कलाई केवल भौतिक संरचना हैन, “नेतृत्व, स्मृति र सार्वजनिक चेतनाको संगमस्थल” को रूपमा विकास गर्ने योजना सार्वजनिक रूपमा प्रस्तुत गरिसकेका छन्। बुटवलमा पछिल्लो समय पूर्वाधार विकासमा तीव्रता आएको भए पनि खुला स्थल, शालीन घुमफिर स्थल, र बहुउपयोगी खुला सभास्थलको अभाव रहेको बेला विपीएस पार्कले त्यस खालको खाल्डोलाई पुरा गर्दै शहरको सन्तुलित विकासमा टेवा पुर्याउनेछ। साथै, स्थानीय समुदायले पनि यो पार्कलाई निजीकरणविहीन खुला सार्वजनिक स्थलको रूपमा संरक्षण गर्नु आवश्यक रहेको छ, किनभने यस्ता सार्वजनिक सम्पत्तिहरू दीर्घकालीन धरोहर हुन्। यस किसिमको परियोजना नेपालको अन्य पालिकाहरूले पनि अनुकरण गर्नसक्ने उदाहरण हो, जहाँ स्मृति, सेवा र सौन्दर्यलाई एउटै संरचनामा गासेर नागरिकका लागि खुला बनाइएको छ। यदि दीर्घकालीन संरक्षण र सामुदायिक स्वामित्वको भावना सँगै रह्यो भने, विपीएस पार्क बुटवलको मात्र होइन, प्रदेशस्तरको आकर्षण, शैक्षिक भ्रमण स्थल, र सांस्कृतिक स्मृतिका लागि प्रेरणाको स्रोत बन्नेछ, जसले स्थानीय नेतृत्वको दूरदृष्टि र सामुदायिक प्रतिबद्धताको अनुपम उदाहरण प्रस्तुत गर्नेछ ।

खुला ठाउँको संकट र शहरी जीवनमा पार्कको बढ्दो आवश्यकता- नेपालका अधिकांश सहरहरू तीव्र शहरीकरणको चपेटामा छन्। विगतमा हरियाली, खुला चौर, बगैंचा, फल्चा र चौतारीले भरिएका बस्तीहरू आज घना भवन, काँक्रिटको जंगल र सिमेन्ट–बालुवाको चक्रव्यूहमा जकडिएका छन्। विशेष गरी बुटवल, पोखरा, भरतपुर, इटहरी र विराटनगरजस्ता विकसित तथा विकासोन्मुख सहरहरूमा खुलेका र अपार सम्भावना बोकेका सार्वजनिक स्थानहरू बजार, मॉल, पार्किङ, अफिस भवन वा निजी प्लटमा रूपान्तरण भइरहेका छन्। यस्तो अवस्थामा पार्कजस्ता खुला सार्वजनिक संरचना केवल शोभाका लागि होइन, सहरको फोक्सो, समाजको बैठकस्थल र भावनात्मक सन्तुलनको केन्द्र बन्न पुगेका छन्।

बजारको बढ्दो चाप र हराउँदै गरेका खुला स्थलहरू- शहर विस्तारसँगै हरेक खाली जमिन बजारले गिजोलिरहेको छ। बजारको नाममा कोही व्यापारीले फुटपाथ कब्जा गरेका छन्, कोही पार्किङ भन्दै खुला चौरमा ढुङ्गा राखेका छन् अनि कतै विकास योजनाको नाममा हरियाली मासिएको छ। बुटवलको पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्र, देविनगर, ज्योतिनगर, रामनगर र ट्राफिकचोकदेखि कालिकानगरसम्म बजारको दवाबका कारण खुला जमिन पाउन कठिन भएको छ। हाल अधिकांश वडामा एक मुठी चौरसमेत बाँकी छैन, जहाँ बालबालिका खेल्न सकून्, जेष्ठ नागरिक विश्राम गर्न सकून् वा युवाले तनाव घटाउन सकून्।

पार्कको सामाजिक, सांस्कृतिक महत्व- पार्क केवल घाँसको चौर होइन – त्यो एउटा समाजको ुशान्त स्थानु हो। जहाँ आमा बुबा छोरी छोरासँग एकछिन बस्न सक्छन्, जेष्ठ नागरिक मित्रहरूसँग गफ गर्न सक्छन्, र युवाले किताब पढ्दै जीवनसँग सामिप्य लिन सक्छन्। आजको व्यस्त र तनावयुक्त सहरमा पार्कले मानसिक स्वास्थ्य सुधार, समाजिक संवाद, तनाव घटाउने, योग, ध्यान र चिन्तन गर्ने सहज वातावरण दिन्छ। शारीरिक रूपमा पनि ओपन जिम, हिँडडुलका ट्रयाक र हरियालीले स्वास्थ्यमा योगदान गर्छ। त्यसमाथि, बुटवलजस्तो बहुजातीय र सांस्कृतिक सहरमा पार्कहरूले सांस्कृतिक पहिचान प्रस्तुत गर्ने, कला, संगीत र साहित्य प्रवाह गराउने केन्द्र बन्न सक्छन । एक जना मान्छेलाई वर्षभरि स्वासप्रश्वासका लागि ७ वटा रुख बराबर अक्सिजन आवश्यक पर्छ। तर शहरहरूमा रुख फाँडिएको दर अक्सिजन उत्पादनभन्दा कैयौं गुणा बढी छ। पार्कहरूले रुख, फूल, बोटविरुवा लगाउने अवसर दिन्छन्, जसले वायुप्रदूषण घटाउन, तापक्रम नियन्त्रण गर्न र पानीको पुनःभरण गर्न मद्दत गर्छ। बुटवलजस्तो गर्मीयाममा ४० डिग्री पुग्ने शहरका लागि पार्क केवल हरियाली होइन, साहारा हो।

बुटवलको उदाहरणीय पहल – सार्वजनिक पार्क निर्माणतर्फ सहरको सोच- बुटवल उपमहानगरपालिका भित्र वडा नं १ देखि १८ सम्मका विभिन्न स्थानमा विकसित तथा निर्माणाधीन हरियाली पार्कहरूले शहरको पर्यावरणीय सन्तुलन, जनस्वास्थ्य तथा सामुदायिक मेलमिलापमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। वडा नं ४ मा अवस्थित ऐतिहासिक मणिमुकुन्द सेन पार्क ९फूलबारी० राजा मणिमुकुन्द सेनको दरबार अवशेषसहितको बगैंचा, बालमैत्री क्षेत्र र जीवजन्तु संग्रहालयले समृद्ध सांस्कृतिक तथा पर्यटकीय आकर्षण बोकेको छ। यसैगरी वडा नं ८ र ९ मा अवस्थित हिलपार्क ९गुरुङडाँडा० बाट पुरै बुटवल शहरको दृश्यावलोकन गर्न सकिने हुँदा स्थानीय र पर्यटकको रोजाइमा पर्न थालेको छ। यस्तै, वडा नं ७ मा रामापिथेकस जियोलोजिकल पार्क निर्माणको प्रक्रिया अघि बढिरहेको छ, जहाँ प्रागैतिहासिक अवशेष संरक्षण हुँदैछ भने वडा नं १२ मा मिलन पार्क ९ग्लोबल पिस पार्क० शान्ति र समर्पणको सन्देशसहित विकसित हुँदैछ। वडा नं ४ कै लक्ष्मी पार्क, वडा १३ को भैरव पार्क, वडा ११ को विभूति पार्क, वडा ६ को शान्ति पार्क र जेभी स्मृति पार्कजस्ता खुला स्थलहरू पनि स्थानीयको विश्राम र सामाजिक कार्यक्रमका लागि उपयोग भइरहेका छन्। ूएक वडा–एक हरियाली पार्कू अभियान अन्तर्गत वडा नं ५ र ६ मा चौतारीसहितका पार्क निर्माण सम्पन्न भइसकेका छन् भने अन्य वडाहरूमा समेत हरियाली विस्तारको कार्य तीव्र रूपमा अघि बढिरहेको छ। बजार र शहरीकरणको चापबीच हराउँदै गएका खुला ठाउँलाई जगेर्ना गर्दै यी पार्कहरूले हरित क्षेत्रको विकास, सामुदायिक सहभागिता र शहरको समुचित सौन्दर्यकरणमा उल्लेखनीय योगदान पुर्याइरहेका छन्।
भविष्यतर्फको दृष्टिकोण खुला स्थानलाई प्राथमिकता दिने नीति आवश्यक- शहरी योजनामा खुला स्थान छुट्याउने कानुनी व्यवस्था त भए पनि त्यसको कार्यान्वयन कमजोर छ। नगर नियोजन, घर निर्माण अनुमति दिने प्रक्रिया, सडकमै पार्किङ रोकिने प्रवृत्ति, खुला चौरमा मेला–जात्राको नाममा अस्थायी संरचना निर्माणजस्ता अभ्यासले खुला स्थान झन् सिमित बनाएको छ। त्यसैले अब प्रत्येक वडामा न्यूनतम एक पार्क, बालमैदान, विश्रामस्थल र खुला चौर अनिवार्य गर्नुपर्छ। निजी क्षेत्र, सहकारी र संघसंस्थालाई समेत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला संरचना निर्माणमा सहभागी गराउनु आवश्यक छ। विद्यालय, अस्पताल, अफिस परिसरमा पनि हरियाली, ओपन स्पेस र विश्राम केन्द्र विकास गर्न सके समाजको स्वास्थ्य, सम्वाद र समरसता बलियो बन्नेछ। शहरको पहिचान केवल कंक्रिटको भवन, स्टेट बैंक वा मलहरूबाट नापिंदैन, त्यो शहरभित्रको खुला स्थान, स्मृति संरचना, हरियाली र नागरिककै साँझबिहान बसेको फल्चाले बोल्छ। बजार हरेक कुनामा पस्दै गर्दा यदि हामीले खुला ठाउँ, पार्क, चौर जोगाउन सकेनौं भने हामीले साँघुरा सडक मात्रै होइन, साँघुरा सोच र निराश मानसिकता पनि उत्पादन गर्नेछौं। त्यसैले हरेक सहरमा, विशेष गरी बुटवलजस्ता तीव्र गतिमा बढिरहेका सहरहरूमा पार्कलाई फुर्सदको विकल्पु होइन, जीवनको आवश्यकताु को रूपमा लिइनु अत्यावश्यक भइसकेको छ।