तोलामा ४ सय बढ्यो सुनको मूल्य

प्रकाशित मिति:

काठमाडौं, असार २९ : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो।आइतबार १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ।यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ।