विदेशबाट नोट पठाउनेले भोट पठाउन पनि पाउनुपर्छ : रन्जु दर्शना

प्रकाशित मिति:

काठमाडौं । विवेकशील साझा पार्टीकी महासचिवमा रन्जु दर्शनाले २०८४ को निर्वाचनमा रेमिट्यान्स पठाउनेले भोट पठाउन मिल्ने व्यवस्था गर्नु सरकारको मुख्य दायित्व भएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत उनले उनले यस्तो बताएकी हुन् । ‘नोट चल्छ भने भोट पनि चल्नु पर्छ । नो इफ नो बट १’ उनले लेखेकी छन्, ‘२०८४ को निर्वाचनमा रेमिट्यान्स पठाउनेले भोट पनि पठाउन मिल्ने व्यवस्था कार्यान्वयन गर्नु अहिलेको सरकारको मुख्य दायित्व हो ।’