बुटवल । जिल्ला अनुगमन समितिले बुटवलका तीन वटा आईभिएफ सेन्टरमा ताला लगाईदिएको छ । बुटवलमा लामो समयदेखि विना अनुमती सञ्चालन गरिएका बरदान आईभिएफ, वात्सल्य आईभिएफ र प्रनाभि आईभिएफ सेन्टरमा ताला लगाईएको हो ।बुटवल उपमहानगरपालिका वडा नं ९ मिलनचोकमा रहेको बरदान आईभिएफ सेन्टर, वडा नं ६ श्रवणपथमा रहेको वात्सल्य बुटवल क्लिनिक र वडा नं १० चौराहामा रहेको प्रनाभि आईभिएफ सेन्टर बिना अनुमति सञ्चालन गरेको पाईएपछि जनही १ लाख रुपैंया जरिवाना सहित ताला लगाईएको जिल्ला अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनु भयो ।महिलाको डिम्बाशय र पुरुषको शुक्रकीट ‘फर्टिलाइजेसन’ गरी भ्रुण उत्पादन गराएर बच्चा जन्माउने आईभिएफ सेन्टर सञ्चालनका लागि संघीय स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति लिनु पर्ने प्रावधान छ ।
अनुमति नै नलिई आइभिएफ सञ्चालन गरेको भेटिएपछि कारवाही गरिएको र अनुमति नलिँदासम्मका लागि ती आईभिएफ सेन्टर बन्द गरिदिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणी ज्ञवालीले बताउनु भयो ।जिल्ला अनुगमन समितिले आईतबार बुटवलका आईभिएफ सेन्टरमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा बरदानमा जटिल बिरामीको उपचार भईरहेकाले ४५ दिन भित्र सञ्चालन अनुमति नलिए बन्द गर्ने चेतावनी दिईएको छ । त्यस्तै पालिकाबाट परामर्शका लागि दर्ताको अनुमति लिएको बात्सल्यलाई आईभिएफ गरेको पाईएमा थप कारवाही गर्ने चेतावनी दिईएको छ









