स्याङ्जाको चापाकोट नगरपालिका अन्तर्गत रहेको किसान बहुप्राविधिक शिक्षालयले शैक्षिक सत्र २०८१/०८२ का लागि ३ वर्षीय डिप्लोमा तहको विभिन्न विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरूसँग आवेदन खुला गरेको छ।
नगरपालिकाको आर्थिक सहयोगमा सत्र २०७९ मा SEE उत्तीर्ण गरेका चापाकोट नगर क्षेत्रका २० वर्ष मुनिका विद्यार्थीहरूलाई नि:शुल्क अध्ययनको अवसर दिइने भएको हो। इच्छुक विद्यार्थीहरूले साउन २२ गतेभित्र शिक्षालयमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।
उपलब्ध विषयहरू र अध्ययन अवधि
| क्रम.सं. | अध्ययन गर्ने विषय | अवधि |
|---|---|---|
| १ | सिभिल इन्जिनियरिङ | ३ वर्ष |
| २ | कृषि पशु विज्ञान | ३ वर्ष |
| ३ | कृषि बाली विज्ञान | ३ वर्ष |
| ४ | सूचना प्रविधि | ३ वर्ष |
आवेदन दिन आवश्यक पर्ने कागजातहरू
- दरखास्त दिने फारम
- नेपाली नागरिकताको प्रतिलिपि
- SEE प्रमाणपत्र र चरित्र प्रमाणपत्र
- हालसालै खिचिएको फोटो (२ प्रति)
- विद्यालयको सिफारिस पत्र
अधिक जानकारीका लागि किसान बहुप्राविधिक शिक्षालय, चापाकोटमा सम्पर्क गर्न सकिनेछ।
फोन: ०६३-४११०९२
ईमेल: [email protected]
वेबसाइट: chapakotmun.gov.np









