काठमाडौं, साउन – सिरहाको कल्यापुर नगरपालिकाका प्रमुख रामपुकार साह तेलीविरुद्ध एक लाख घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनपछि कल्याणपुर नगरपालिकाको वडा, नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्का बापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।घुस रकम लिएको उजुरीपछि अख्तियारबाट खटिको टोलीले साहलाई नियन्त्रणमा लिई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको थियो।मेयर साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप एक लाख रुपैयाँ बिगो कायम गरी जरिबाना र कैद सजायको माग गरिएको छ।












