बुटवल, श्रावण ७- सूचना प्रविधिको क्षेत्रमा क्रियाशील संगठन CSIT Association ofNepal- Rupandehi ले विद्यार्थीहरूको सीप अभिवृद्धि र व्यावसायिक विकासलाई लक्ष्य गरेर तीन दिने विशेष बुटक्याम्प कार्यक्रम “CSITAN Networking Bootcamp 2082” को आयोजना गर्न लागेको छ। कार्यक्रम श्रावण २५ देखि २७ गतेसम्म तिलोत्तमा–३, ड्राइभरटोलस्थित होराइजन जी.बी.एस कलेजमा सञ्चालन हुनेछ। आईटी क्षेत्रमा आवद्ध विद्यार्थीहरू, नेटवर्किङमा रुचि राख्ने युवा तथा व्यावसायिकहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले नेटवर्किङका आधारभूतदेखि व्यावसायिक पक्षसम्मका विषयहरूमा प्रशिक्षण दिनेछ। हरेक दिन ८–९ घण्टासम्म सञ्चालन हुने गहन सत्रहरूमा सहभागीहरूले व्यवहारिक रूपमा सिक्न पाउनेछन्।
कार्यक्रमका प्रमुख प्रशिक्षक (Mentor) को रूपमा यसै सस्थाका उपाध्यक्ष आयुष चापागाईं रहनेछन्, उनी नेटवर्किङ तथा साइबर सुरक्षा क्षेत्रमा अनुभवी प्रशिक्षक हुन्। उनले तीन दिनसम्म सहभागीहरूलाई नेटवर्किङ संरचना, ट्राबलशुटिङ, IP व्यवस्थापन, साइबर सुरक्षा, सिस्को उपकरणहरूको प्रयोग, फायरवाल कन्फिगरेसन, नेटवर्क टोपोलोजी, स्विचिङ तथा राउटिङ अवधारणाहरू, VLAN कन्फिगरेसन, IPv4 एड्रेसिङ र सबनेटिङ, Packet Tracer प्रयोग, करियर गाइड तथा सर्टिफिकेसन अवलोकन (जस्तै CCNA) लगायतका व्यवहारिक तथा सैद्धान्तिक पक्षहरूमा प्रशिक्षण दिनेछन्। प्रशिक्षण शैली प्रयोगात्मक अभ्यास र समूहगत कार्यमा आधारित हुने जनाइएको छ।यस उपलब्धि मुलक कार्यक्रम मा CISCO Packet Tracer, Eve- NG , CISCO Routers, Hubs, Switches जस्ता उपकरण हरू प्रयोग हुने कुरा प्रशिक्षक आयुष चापागाईं ले जानकारी गराएका छन्। यस कार्यक्रममा अध्यापन गराइने विस्तृत पाठ्यक्रम सस्थाकाे आधिकारिक Facebook Page मा रहेको जानकारी गराएका छन्।कार्यक्रमले विद्यार्थीहरूलाई रोजगारीको दृष्टिकोणले तयार पार्ने छ , व्यवहारिक सीप विकास गराउने छ र नेटवर्किङ प्रविधिको वर्तमान ट्रेन्डमा अपडेट गराउने छ।
अध्यक्ष माधव पौडेलको भनाइ: कार्यक्रमको आयोजनाबारे जानकारी दिँदै CSITAN Rupandehi का वर्तमान अध्यक्ष माधव पौडेलले भने,
“हामीले यो बुटक्याम्प विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि आयोजना गरेका हौं। IT लाई केवल किताबी ज्ञानमा सीमित नभई उनीहरूलाई प्रयोगात्मक तवरले सक्षम बनाउने हाम्रो उद्देश्य हो।”उनका अनुसार, CSITAN Networking Bootcamp सहभागीहरूका लागि करियर गाइडेंस सेसन, प्रशिक्षकसँगको प्रत्यक्ष अन्तर्क्रिया, तथा नेटवर्किङ सम्बन्धी समस्या समाधानका अभ्यासहरू पनि समावेश गरिनेछ। भविष्यको योजना :अध्यक्ष पौडेलले आगामी दिनहरूमा पनि यस्ता व्यावसायिक विकास केन्द्रित कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “हामीले CSIT विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन, उनीहरूलाई प्रतिस्पर्धात्मक बजारका लागि तयार पार्न यस्तो कार्यक्रमलाई निरन्तरता दिनेछौं,” उनले भने।@ elish neupane












