नेपालले अस्ट्रेलियामा थप ५ अभ्यास खेल खेल्ने

प्रकाशित मिति:

काठमाडाैं, साउन  : अहिले नेपाली राष्ट्रिय क्रिकेट टिम टप इन्ड टि–२९ सिरिज खेल्ने अस्ट्रेलिया पुगेको छ। सिरिज आजबाट डार्विनमा सुरू हुँदैछ।यो सिरिज लगत्तै नेपाली टिमले थप ५ अभ्यास खेल खेल्ने भएको छ।टि–२० विश्वकप छनोटको तयारी गरिरहेको नेपाली टिममले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। जसमा ४ टि–२० र एक एकदिवसीय खेल हुनेछ।नेपालको टि–२० खेल २६ र २८ अगस्तमा हुने छ। २६ अगस्तमा नेपालले एकैदिन एसिटीसँग दुई खेल र २८ अगस्तमा साउथ अस्ट्रेलियासँग २ खेल खेल्ने छ।क्यानका अनुसार नेपालले अगस्ट ३० मा साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने छ।