नेविसंघ स्याङ्जाका पदाधिकारी र सदस्यहरूको सामूहिक राजीनामा : जिम्मेवारी अस्वीकार

प्रकाशित मिति:

स्याङ्जा – नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमितिले साउन २९ गते गरेको निर्णयअनुसार तोकिएको जिम्मेवारी अस्वीकार गर्दै बहुमत पदाधिकारी र सदस्यहरूले सामूहिक रूपमा जिम्मेवारीमा नरहेको घोषणा गरेका छन् ।

साउन ३० गते साँझ फेसबुकमार्फत मात्र जानकारी दिइएकोमा असहमति जनाउँदै उनीहरूले उक्त जिम्मेवारी स्वीकार नगर्ने निर्णय गरेका हुन् । सामूहिक हस्ताक्षरसहित जारी गरिएको विज्ञप्तिमा भनिएको छ – “हाम्रो असहमति हुँदाहुँदै गरिएको नियुक्ति मान्य छैन, त्यसैले तोकिएको जिम्मेवारीमा नरहेको जानकारी गराइन्छ ।”