तनहुँ कांग्रेस मिलाउनुपर्छ यस विषयमा म गम्भीर छु : केन्द्रीय सदस्य भण्डारी

निजि भ्रमणमा रहेका भण्डारीले आफू व्यक्तिगत कामको लागि चाइना रहेपनि तनहुँ कांग्रेस मिल्नुपर्ने र सहमतिका बाटोहरू खोज्नुपर्ने विषयमा नेतृत्वसंग कुराकानी गर्दै आइरहेका छन्

प्रकाशित मिति:

प्रकाश अधिकारी तनहु\  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले तनहुँ कांग्रेसका कार्यकर्ता विचलित हुन नदिने र सहमतिका बाटोहरू खोजेर भएपनि तनहुँ कांग्रेस मिलाउनुपर्छ भन्दै आफू यश विषयमा गम्भीर तवरले लागेको बताएका छन्। पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले यहि माघ ८ गते आव्हान गरेको कथित जिल्ला अधिवेशन अगावै मिल्नका लागि जोशीसंग टेलिफोन वार्ता भैरहेको जनाएका छन्। पारिवारिक भ्रमणमा चाइना रहेका पूर्वमन्त्री भण्डारी आज राति स्वदेश फर्कने कार्यक्रम रहेको छ। चाइनाबाटै जोशी र भण्डारीको टेलिफोन वार्ता भैरहेको र शनिबार नै गृह जिल्ला आउने भण्डारीले जनाएका छन्। नेता भण्डारी जोशीले पनि अर्धैर्यता प्रस्तुत गर्नु र त्यसले पार्टीलाई मात्र नभई जोशी र उनका पक्षमा लाग्नेहरूको राजनितीक जीवनमा समेत ठुलो क्षति पुग्ने भण्डारीको भनाइ छ। निजि भ्रमणमा रहेका भण्डारीले आफू व्यक्तिगत कामको लागि चाइना रहेपनि तनहुँ कांग्रेस मिल्नुपर्ने र सहमतिका बाटोहरू खोज्नुपर्ने विषयमा नेतृत्वसंग कुराकानी गर्दै आइरहेका छन्।