स्याङ्जा \ नेपाल तरूण दल स्याङ्जाको नियमित बैठक भीरकोटमा सम्पन्न भएको छ । बैठकले यहि माघ ११ गते गण्डकी प्रदेशको राजधानी पोखरामा तरूण दल केन्द्रीय कार्यसमितिको आयोजनामा हुन लागेको विशाल बिरोध सभामा स्याङजाबाट उल्लेखनीय सहभागिता जनाउने निर्णय गरेको छ। बैठकले वालिङ नगरपालिका १२ सिर्सेकोट निबासी राजेश डुम्रेलाई तरूण दल जिल्ला कार्यसमितिको सदस्य पदमा मनोनित समेत गरेको छ । बैठकलाई गण्डकी प्रदेशका नेका संसदीय दलका उपनेता माननीय मेखलाल श्रेष्ठ, नेपाली काँग्रेस स्याङ्जाका कार्यबाहक सभापति कुमार राना भीरकोट नगरप्रमुख छाँयाराम खनाल क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो। तरूण दल स्याङ्जाका अध्यक्ष माननीय भागवतप्रकाश मल्लको सभापतित्वमा सम्पन्न बैठकको संचालन सचिव चन्द्र रानाले गर्नुभएको थियो।












