सोमवार भैरहवामा कांग्रेसको बिरोध सभा ५० हजार जनता उतार्ने तयारी

प्रकाशित मिति:

भैरहवा । सरकारका पछिल्ला कतीय निर्णय, बढ्दो महगीं नियन्त्रण, शान्ति सुरक्षा कायम तथा शुसासनको माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले सोमवार भैरहवामा बिरोध सभा गर्ने भएको छ । सभाको सवै तयारी पुरा भएको र उत्त कार्यक्रममा ५० हजार जनता उतार्ने लक्ष्य लिईएको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जनाकारी दिए । केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार देशभरका ७७ वटा जिल्ला हुने विरोध सभामा केन्द्रले तोकेका र स्थानीय मुद्धालाई लिएर भैरहवामा बिरोध सभा गर्ने तयारी नेपाली काँग्रेसले गरेको हो । डा गोविन्द के सी सगं बिगतमा भएका सहमती कार्यान्वयन, संवैधानिक आयोगमा प्रतिपक्षको उपस्थीति विना गरीएका बिभीन्न सवैधानीक आयोगहरुमा नियुक्ति सिफारीस फीर्ता, निर्मला पन्तको दोषीलाई प्रकाउ गर्नु पर्ने, भ्रष्टाचार र मगही नियन्त्रण गर्नु माग सहीत कार्यक्रम आयोजना गरीएको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिए ।

उत्त सभामा रुपन्देही जिल्लामा किसानहरुलाई मलखाद व्यावस्थापन गर्न सरकारले नसकेको, गौतमबुद्ध विमानस्थलमा जग्गा अधिग्रहण गर्दा अझै केही किसानहरुले मुआव्जा नपाएको, पाँच नम्बर प्रदेशको नामकरण र स्थाई राजधानी तोक्न ढिलाई गरेको, प्रदेशसभामा गाडी खरिद गर्दा अनियताको प्रभावकारी छानविन, रुपन्देहीमा नदिजन्य पदार्थको चोरी निकासी बृद्धि भएकोले त्यसलाई व्यावस्थीत गरि उपभोत्तालाई सहज रुपमा पाउने व्यावस्थाको माग पनि सभामा राखीएको उनले बताए । बिरोध सभा पुर्व बिहान ११ बजे भैरहवाको बर्मोली टोलबाट विरोध याली शुरु गर्ने र मिलनचोक पुगरे बिरोध सभा गरीने छ । सभालाई स्थानीय नेताको साथै प्रतिनीधी सभा सदस्य डा मिनेन्द्र रिजाल, राष्ट्रिय सभा सदस्य बद्री पाण्डे लगायतका नेताहरुले सम्वोधन गर्ने कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले जानकारी दिए । सभा सम्पुर्ण जिल्लाबासीहरु उपस्थीतीको लागि पार्टीले आग्रह गरेको छ ।