किम इल सुङ्ग र किम जोङ ईलको जन्मजयन्ती नेपालमा मनाउन लागीएको प्रति ग्रामिण क्लब हाउसको आपत्ती
काठ्माण्डौ । उत्तर कोरियाका पूर्व तानाशाह शासक द्धय किम इल सुङ्ग र किम जोङ ईलको जन्मजयन्तीका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागेकामा ग्रामिण क्लब हाउस ईटहरी नेपालले गम्भिर आपत्ती प्रकट गरेको छ । संस्थाका अध्यक्ष मुकुन्द सुवेदीद्धारा जारी वित्रप्तीमा मानव अधिकार, प्रेस स्वतन्त्रता र प्रजातन्त्रको हनन गरी संसारलाई ध्वस्त पार्ने आणवीक हतियार परिक्षण गर्ने उत्तर कोरियालाई संयुक्त राष्ट्रसंघले पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा नेपालमा उसका पक्षमा वकालत नर्गन विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी मालेका महासचिव सिपी मैनालीको नेतृत्वमा नेपाल मजदूर किसान पार्टी, लगायतका संघ संस्था तथा दलहरुले गर्न लागेको यो कार्यक्रमले नेपाललाई कुनै सहयोग नपुग्ने विज्ञप्तीमा जनाईएको छ । विज्ञप्तीमा नेपाललाई सहयोग गर्ने दक्षिण कोरिया र जापान लाई संधै आफ्नो ठूलो शत्रु ठान्ने उत्तर कोरियासंग त्यस्तो ठूलो कुनै सहयोग नरहेको खाली कम्यूनिष्ट तानाशाही हरुलाई जीवन्त राख्नु राम्रो कार्य नभएकाले सम्बन्धित पक्षलाई अविलम्ब यी कार्य बन्द गर्न आह्वान गर्दै गृह प्रशासनलाई अनुमति नदिन अनुरोध गरेको छ ।विज्ञप्तीको अन्त्यमा भनिएको छ काठ्माण्डौमा रहेको उत्तर कोरियाली राजदूतावास बन्द गर्न र उसंग सम्बन्ध राख्ने व्यक्तिहरुलाई अमेरिका , युरोप जस्ता प्रजातान्त्रिक देशहरुमा यात्रा अनुमति नदिन अन्त्रर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ ।












