काठमाडौँ /नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्। कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहँदा सोमबार दिउँसो सभापति महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्।
११ औं महाधिवेशनबाट नेविसंघ सभापति भएका महरले आफ्नो कार्यकाल पूरा भई थपिएको पाँच महिने अवधिमा पनि १२ औं महाधिवेशन गर्न नसकेपछि संगठनभित्र र पार्टीमा आलोचना भएको थियो । महरले सभापति देउवालाई बुझाएको राजीनामा पत्रमा, ’१२ औं महाधिवेशन र स्ववियु निर्वाचन सम्पन्न गर्ने अर्जुन दृष्टि हुँदाहुँदै विधानअनुसार नेविसंघको कार्यकाल सकिएको र पार्टी्भित्र नेविसंघबारे मतान्तर भएकोले’ राजीनामा दिएको उल्लेख गरेका छन्।
अब पार्टीको सक्रिय राजनीतिमा लाग्ने महरले बताएका छन्। महरले दुई पटकसम्म नेविसंघको महाधिवेशन कार्यतालिका सार्वजानिक गरे पनि महाधिवेशन गर्न सकेका थिएनन्।










