रोजगार सिर्जनाको उद्देश्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा

सरकारले रोजगार सिर्जनाको उद्देश्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ

प्रकाशित मिति:

काठमाडौं– सरकारले रोजगार सिर्जनाको उद्देश्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ। बुधवार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको शुभारम्भ गरेका हुन्। ओलीले नेपाली जनताको स्तर वृद्धि, समृद्ध नेपाल सुखी नेपाली नारा साकार पार्न यो कार्यक्रम ल्याइएको बताए।  कार्यक्रमअन्तर्गत सरकारले बेरोजगार नागरिकलाई न्यूनतम सय दिन रोजगारी दिनेछ। रोजगारी दिन नसके निर्वाह भत्ता दिइनेछ।