जहां किरा फट्यांग्रा मूख्य खान्की वन्छ

प्रकाशित मिति:

एजेन्सी \ एकातिर हामी आफ्नो मेनुबाट खानेकुरा कटौती गरिरहेका छौं । हामीले रेड मिट खान हटायौं । बोसोयुक्त खानेकुरा हटायौं । मासुजन्य कुरा हटायौं । दुधजन्य परिकार हटायौं । चिनी हटायौं । गहुँ हटायौं । चिल्लोचाप्लो कुरा हटायौं । चिल्लो(पिरो हटायौं । अर्कोतिर विश्वका कतिपय मुलुकले आफ्नो मेनुमा खानेकुरा थपेको थपेकै छन् । उनीहरुले आफ्नो खाद्य भण्डारमा चलनचल्तीका खानेकुरा मात्र होइन, किरा फट्याङ्ग्रा पनि सामेल गरिरहेका छन् । यसको अर्थ यो होइन कि, हामीले छाड्दै गएका खानेकुरा छाड्नै हुँदैन । किनभने ति खानेकुरा अस्वस्थ्यकर थिए । अहिले विश्वले खोजिरहेको खानेकुरा भनेका स्वस्थ्यकर हुन् । स्वस्थ्यवर्द्धक भएकाले नै ति खानेकुराको पहिचान गरिएको हो । अनौठो मान्नुपर्छ, हामीलाई जुन किरा फट्याङ्ग्रा देखेर वान्ता आउँछ, अहिले कतिपय खाद्य बजारमा त्यही कुरा देखेर उपभोक्ताहरुको मुखमा पानी आउँछ । हामीलाई किरा देख्दा वान्ता हुन्छ तर लाखौ व्यक्ति त्यसलाई चपाएर खान्छन् । कतिपयका लागि यो करोडौंको कारोबार पनि हो । यदि मानिसले यी किरा फट्यांग्रा देख्दा घिनाउन बन्द गरे र खान थाले भने किरा खाद्य र कृषि क्षेत्रको ठूलो कारोबार बन्न सक्छ । पश्चिमी देशका मानिसहरुले किरा फट्यांग्रालाई सम्पूर्ण प्रोटिनको स्थायी स्रोतको रुपमा हेर्न थालेका छन् । यी साना किरामा पशुपंक्षीको प्रोटिन जस्तै अमिनो एसिड हुन्छ, जो मानव आहारका लागि आवश्यक हुन्छ ।

ठूलो कारोबार अमेरिकी ग्लोबल मार्केट इनसाइट्सको रिपोर्ट अनुसार उच्च प्रोटिन र सुविधाजनक खाद्य पदार्थको बढ्दो मागको कारण खान लायक किराको बजार सन् २०१७ को ५ दशमलव ५ करोड डरलबाट बढेर सन् २०२४ मा ७१ करोड डलर हुनेछ । किरामा पनि फट्यांग्रा सबैभन्दा लोकप्रिय हुनेछ । यसको प्रयोग आटा र स्न्याक्समा हुनेछ । यसबाट के संभावना देखाएको छ भने, किटपालनको क्षेत्रमा क्रान्ति आउनसक्छ । यो कृषि क्षेत्रको एक अहंम हिस्सा पनि हो । किटपालनले एकदमै पौष्टिक चारोको अभाव पनि पूर्ति गर्नेछ । अन्य किसिमको चारोको तुलनामा किरा पालन एकदम सस्तो हुनेछ । र त्यसका लागि आवश्यक संसाधन पनि कम लाग्नेछ ।यस उद्योगको संभावनालाई देखेर अमेरिकाले एक नयाँ व्यापारिक संगठन द अमेरिकन कोलिशन फर इन्सेक्ट एग्रिकल्चरले एपफडिए र युएसडिएमा लबिङ पनि सुरु गरेको छ । यो संगठन चाहन्छ कि, किरालाई खाद्य पदार्थको रुपमा मान्यता मिलोस् । र, यसको उत्पादनको मानक तय होस् । यूरोपियन संघमा सन् २०१८ को नोवेल फूड रुल्स्ले मुख्यधारको खाद्य प्रशोधनमा किरालाई सामेल गर्नका लागि एक कानुनी ढाँचा बनाउन सुरु गरिसकेको छ ।

थाइल्यान्डको अभ्यास विश्वका कतिपय भेगमा अहिले किरा फट्यांग्रा खान थालिएको छ । किराको अनेकन परिकार बनाउन थालिएको छ । ति भेगका लागि यो कुनै आश्चर्य वा नौलो कुरा रहेन । संयुक्त राष्ट्रसंघका खाद्य एवं कृषि संगठन एफएओको अनुमान छ कि, विश्वभरमा करिब दुई अर्ब मानिसले आफ्नो खानामा नियमित रुपले किरा फट्यांग्रा सामेल गरिरहेका छन् । किरा खाने सन्दर्भमा थाइल्यान्ड एशियाको प्रमूख केन्द्र हो । थाइल्यान्डको चामल उत्पादक उत्तर(पूर्वी क्षेत्रबाट किरा खाने परम्परा सुरु भएको थियो । त्यहाँ रैथाने व्यान्जनमा किरालाई साइड डिशको रुपमा पस्किने गरिन्थ्यो । अहिलेसम्म पश्चिमी देशका केही उत्सुक पर्यटकले पनि यी व्यन्जन चाख्ने गरेका छन् । अहिले थाइल्यान्डले पश्चिमी देशमा खान लायक किरा निर्यात गर्ने तयारी गरिरहेको छ । सन् २०१७ मा थाइल्यान्डको फट्यांग्रा पालनको दिशानिर्देश तय गरेको छ, ताकि त्यसको सुरक्षित र कुशल उत्पादन हुन सकोस् । थाइल्यान्डका अधिकांश कीट फार्म साना छन्, तर शोधकर्ता र लगानीकर्ताले त्यसको उत्पादन बढाउने उपाय खोजिरहेका छन् । चियांग माईमा सन् २०१६ मा स्थापित फट्यांग्रा ल्याबमा स्वचालित प्रकियामाथि शोध भइरहेको छ । उक्त फार्मका सह संचालकले बताए अनुसार त्यहाँ आहिले हरेक महिना ३ दशमलव ५ टन किट उत्पादन क्षमता छ । अब माग बढ्ने प्रतिक्षा छ । भोजन भरपूर एफएओका अनुसार विश्वभरमा बिटल्स र झुसिलकिरा सबैभन्दा बढी खाइने किरा हो । यद्यपी विकसित मुलुकमा फट्यांग्रा मूख्य परिकारको रुपमा लोकप्रिय छ । किराको बर्गर अर्थात इन्सेक्ट बर्गर र मीलवार्म नुडल्स केही युरोपिया सुपरमार्केटमा पाउन थालिएको छ । साथै फट्यांग्राले बनेको प्रोटिन बार युरोप र उत्तर अमेरिकाको बजारमा आम भएको छ ।पश्चिमी मुलुकमा फट्यांग्रा निकै लोकप्रिय भएको छ । हुन त साङ्ला किरामा पनि धेरै प्रोटिन हुन्छ । त्यसलाई आटामा मिलाउन सकिन्छ । तर, साङ्लाको बारेमा नकारात्मक छवी जोडिएको छ ।घाँसको मैदानमा खुला रुपमा हुर्किने फट्यांग्रा घरको कुनाकाप्चामा बस्ने साङ्लाभन्दा बढी सुपाच्य हुन्छ ।

वान्ता हुनसक्छ

हुन त मीलवार्म जस्ता किरामा त्यती नै प्रोटिन हुन्छ, जति फट्यांग्रामा हुन्छ । अलग परिस्थितीमा त्यसको उत्पादन पनि सजिलो ढंगले हुन्छ ।समस्या चाहि के छ भने, यी किरालाई भोजनको रुपमा सबैले स्विकार गर्न सक्छ त रु पश्चिमी मुलुकमा यसको बजार विस्तार गर्नु चुनौतीपूर्ण छ ।उपभोक्ताले जति सजिलै फट्यांग्रा खाइरहेका छन्, त्यसैगरी अन्य किरा ख्वाउनका लागि निकै प्रयास गर्नुपर्नेछ । त्यती सजिलै अन्य किरा खानाको रुपमा स्विकार नगरिन सक्छ । के हुन्छ फट्यांग्रामा  फट्यांग्रामा उच्च प्रोटिनका साथसाथै आइरन, क्याल्सियम र भिटामिन बि(१२ भरपुर मात्रामा हुन्छ । स्वास्थ्य, सक्रिय र फिट रहन चाहने व्यक्तिहरुका लागि यो एक उपयुक्त रोजाइ बन्न सक्छ । थाइल्यान्डको बजारमा यस्तो खान्की बिक्री हुन्छ । र, उनीहरुको ग्राहक भने गैर थाइ छन् । हुन त थाइल्यान्डका बासिन्दा फट्यांग्रा बाहेक अन्य किरा खान पनि अभ्यस्त छन् । उनीहरु डिप प्रइ स्न्याक्सको रुपमा किरा खान्छन् । त्यसो त पश्चिमी मुलुकका कतिपय शाकाहारी मानिसहरु पनि किरा खान सुरु गर्दैछन् । उनीहरुलाई विश्वास दिलाइएको छ कि, फट्यांग्राले दुखाई अनुभव गर्दैन । हुन त यसलाई पुष्टि गर्ने रिसर्च अहिलेसम्म भएको छैन । यद्यपी वैज्ञानिकहरुले किरा कल्याणका शोध सुरु गरिसकेका छन् ।

विज्ञानको साथ छ

आर्नोल्ड वैन हुइस नेदरल्यान्डका एक विश्वविद्यालयका ट्रपिकल एन्टोमोलोजी प्रोफेसर हुन् । उनी किट आहारको बारेमा विश्वका उम्दा विशेषज्ञ हुन् ।उनका अनुसार पछिल्लो दुई दशकदेखि खान लायक किराको बारेमा विज्ञानले धेरै रुची राखेको छ । त्यस अवधीमा खान लायक किराको बारेमा धेरे र तिब्र गतिमा परिवर्तन पनि आएको छ ।सन् २०१६ देखि सन् २०१७ सम्म खान लायक किराको बारेमा जति एकेडेमिक पेपर प्रकाशित भए, त्यती अघिल्लो १० बर्षमा छापिएको थिएन ।किराको बारेमा विज्ञानको रुची बढाउनुको मूख्य कारण हो, पर्यावरणिय स्थिरता । स्वस्थ्य र पोषणको हिसाबले किरा पनि प्रोटिन दिने अर्को जनवार जस्तै हो । यसको मूख्य फाइदा भनेको पर्यावरण हो ।भविष्यको खानाके अब भविष्यमा किरा, फट्यांग्रालाई मूख्य भोजनको रुपमा स्विकार गरिनेछ अहिले जुन रुपमा यसको अभ्यास र प्रयोग भइरहेको छ, त्यसलाई हर्दा यो प्रश्नको उत्तर ‘हो’ भन्ने आउन सक्छ । अहिले विश्वका कतिपय बजारमा किरा पस्कन थालिएको छ । किरा पाल्ने क्रम पनि सुरु भएको छ । यसका उपभोक्ता बढ्दैछन् । बैंककमा एक रेष्टुरेन्ट खोलिएको थियो, जहाँ त्यसका संचालकले घरेलु बगानबाट किरा पालेर त्यसको भोजन सेवन गराउँथे । नेदरल्यान्डको सुपरमार्केटमा इन्सेक्ट बर्गर पाउन थालिएको छ ।