तपाईं कतै गर्भवती त हुनुभएन ?

प्रकाशित मिति:

गर्भवती हुनु । कसैका लागि यो असीम खुसीको लक्षण हो । कसैको लागि दुःखको पनि । ति दम्पती जसलाई आफ्नो कोखको बच्चा हुर्काउने रहर छ । उनीहरुले सन्तानको योजना बनाएका हुन्छन् । खासगरी नव दम्पतीका लागि गर्भ रहनु आफैमा खुसीको विषय हुन्छ । तर, कतिपय दम्पती कामकाजी हुन्छन् । वा अन्य कुनै कारणले उनीहरु तत्काल सन्तान जन्माउने योजना बनाएका हुँदैनन् । उनीहरुलाई अनयासै रहने गर्भले चिन्तित तुल्याउने गर्छ । त्यसैगरी सन्तानका रहर पुरा गरिसकेका दम्पतीमा पनि गर्भ रहनु भनेको टाउको दुखाईको विषय हो । यद्यपी अनिच्छत गर्भ नरहनका लागि वा गर्भ रहेमा त्यसलाई गर्भपतन गर्न सकिने व्यवस्था छ । त्यसैले अनिच्छित गर्भ रहेमा पनि त्यसबाट धेरै चिन्तित भइहाल्नुपर्ने अवस्था छैन । अब लागौं त्यस्ता दम्पतीतर्फ जो योजना अनुसार सन्तान जन्माउने तयारीमा छन् । अक्सर नव दम्पतीलाई गर्भ रहेको संकेत थाहा नहुन सक्छ । पहिलो गर्भ रहनु नितान्त अलग अनुभव पनि हो । यसर्थ गर्भ रहँदाको संकेत के हुन्छ रु यसकारे उनीहरुमा चासो बढ्नु स्वभाविक हो ।

जब गर्भ रहन्छ  गर्भावस्थामा ढाड दुख्नु , वाकवाकी लाग्नु , वान्ता हुनु, स्तन भारी हुनु गर्भावस्थाका प्रारम्भिक लक्षण हुन् । महिनावारी रोकिनु पनि गर्भावस्थाको एउटा प्रारम्भिक लक्षण हो । तर महिनावारी रोकिएको कति दिनसम्म पनि महिलालाई आफु गर्भवती भएको थाहा नपाउन सक्छन् । जबकी प्रत्येक महिलाहरुको लागि आमा बन्नु एउटा सुखद अनुभुति हो । त्यसैले, आफु आमा बन्न लागेको कुरा थाहा पाउन महिलाहरु सधै उत्सुक रहने । कतिपय महिला आफू आमा बन्न लागेको कुरा थाहा पाउन घरैमा पिसाबको परीक्षण गर्छन् । कतिपय मेडिकलमा गएर जाँच गर्छन् । जबकी स्तन भारी हुनु, कुनै काम नगरे पनि थकान महसुस हुनु पनि गर्भावस्थाको लक्षण हो । यसबाहेक पनि, गर्भावस्थाका अन्य थुप्रै प्रारम्भिक लक्षण छन्, जसबारे ध्यान दिएर पनि महिलाहरुले आफू गर्भवती भए, नभएको सजिलै थाहा पाउन सक्छन् ।

गर्भावस्थाका प्रारम्भिक लक्षण  सास फेर्दा भारीपना हुनु  गर्भावस्थामा सिंढी चढ्दा झै सामान्य अवस्थामा पनि सास फेर्दा भारी हुने गर्छ । विशेषगरी, पेटमा रहेको भु्रणलाई अक्सिजनको आवश्यकता हुन्छ, जसका कारण गर्भवती महिलालाई सास फेर्दा भारी महसुस हुन्छ । यो समस्या गर्भावस्थाभरी रहन्छ । त्यस्तै, गर्भमा रहेको शिशु जति जति बढ्छ , यो समस्या त्यति नै बढ्ने गर्छ ।  स्तन भारी हुनु विहान उठ्दा स्तन भारी हुनु, स्तनको आकार परिर्वतन हुनु  स्तन वरिपरिको भाग कालो हुनु तथा स्तनको नसा फुल्नु भनेको गर्भावस्थाको प्रारम्भिक लक्षण हो । त्यसैले, यस्तो लक्षण देखिएमा विशेष सावधानी अपनाउनु पर्छ । थकान  गर्भावस्थामा हर्मोन परिवर्तन हुन्छ । जसले गर्दा शरीर थाक्ने गर्छ । कतिपय महिलाहरु त गर्भावस्थाको सुरुवाती तीन महिनासम्म पनि अत्याधिक थकान महसुस गर्छन् ।  पटक पटक पिसाब लाग्नुगर्भावस्थाको सुरुवाती चरणमा शरीरमा अतिरिक्त तरल पदार्थ उत्पादित हुन्छ, जसले गर्दा मुत्राशयमा दवाव उत्पन्न भई पटक पटक पिसाब लाग्ने गर्छ ।

टाउको दुख्नु  गर्भावस्थाको प्रारम्भिक लक्षणमा टाउको दुख्ने समस्या पनि पर्दछ । किनकी हर्मोनको परिवर्तनका कारण यो समस्यामा टाउको बेस्सरी दुख्ने गर्छ । तर यो अवस्था आफैमा संवेदनशील अवस्था भएकाले टाउको दुख्यो भन्दैमा चिकित्सकको सल्लाह विना औषधी सेवन गर्नु हुँदैन । ढाड दुख्नु  बेस्सरी ढाड दुख्नु पनि गर्भावस्थाको प्रारम्भिक लक्षण मध्यमा पर्दछ । किनकी गर्भावस्थामा तौल बढ्नुका साथै शरीरको बनोट परिवर्तित हुने गर्छ । जसका कारण मांसपेशी र लिगामेन्ट लुज भई ढाड दुख्ने गर्छ । कब्जियतको समस्या  गर्भावस्थामा गर्भवती महिलाहरुलाई प्रायः कब्जियतको समस्या हुन्छ । किनकी गर्भावस्थामा पेट फुल्ने तथा शरीर सुन्निने समस्या हुनुका साथै पाचन क्रिया पनि प्रभावित हुने गर्छ । जसका कारण यस्तो अवस्थामा कब्जियतको समस्या निम्तिने गर्छ ।  खानामा अरुची  अचानक खानामा अरुची बढ्नु तथा अमिलो खान मन लाग्नु पनि गर्भावस्थाको प्रारम्भिक लक्षण मध्यमा पर्दछ । किनकी गर्भावस्थामा हर्मोनको परिवर्तनका कारण महिलाहरुलाई अमिलो खानेकुरा खान मनपर्छ । मुड बदलिनु  के तपाईको मुड अचानक बदलिरहेको छ रु एकछिन अघिसम्म एउटा काम गर्न मन लाग्नु, एक छिनमै अर्को काम गर्न मनलाग्नु पनि गर्भावस्थाको संकेत हो । यदी तपाईंहरुलाई पनि त्यस्तो भइरहेको छ भने एकपटक श्रीमानसित कुरा गर्नुहोस् । र ,भन्नुहोस्, तपाईंलाई यो समस्या किन भइरहेको छ । उहाँले अवश्य बुझ्नु हुनेछ । गन्ध आउनु  गर्भावस्थामा सुघ्ने क्षमतामा अचानक वृद्धि हुन्छ । र, प्रत्येक कुराको गन्ध आउन थाल्छ । यस्तो अवस्थामा तिव्र गन्ध आउने सामान वा खाद्यान्नबाट टाढा रहनु पर्छ । सकेसम्म सुगन्ध फैलाउने, परफ्युम, डियोड्रेन्टको प्रयोग गर्नुपर्छ । अन्यथा, दम घुट्न सक्छ । महिनावारी ढिलो हुनु  महिनावारी ढिलो हुनु पनि गर्भावस्थाको प्रमुख लक्षणमध्यमा पर्दछ । यो समस्या कमै महिलामा देखिने गर्छ । किनकी गर्भवती भएमा महिलाहरुको महिनावारी प्रायः रोकिने गर्छ । त्यसैले, नियमित भइरहेको महिनावारी अचाजक बन्द भएमा गर्भावस्थाको परीक्षण अवश्य गराउनुपर्छ । पिसाब जाँचको रिपोर्ट पोजेटिभ आउनु  गर्भवती भए , नभएको यकिन गर्न चाहनेले घरैमा प्रेग्नेन्सी जाँच गर्नुपर्छ । घरैमा बसेर पनि यो जाँच सजिलै गर्न सकिन्छ । जाँचका क्रममा कुनै नतिजा प्रस्ट नआएमा फेरी परीक्षण गर्न सकिन्छ । र, नतिजा पोजेटिभ आएमा खुशी हुनुहोस् । किनकी, तपाई आमा बन्दै हुनुहुन्छ ।