विखण्डनवादी अभियान गरेवापतको क्षतिपूर्ति मधेशले राउतसंग लिएरै छाड्ने : रन्जीत कर्ण

प्रकाशित मिति:

रन्जीत कर्णको विचार जस्ताको तस्तै   \ मधेसका जनता जहिले पनि देशमा विखण्डन होइन एकता हुनुपर्ने पक्षमा छन् । लामो समय पछी सिके राउतले आज आएर मधेसी जनताको भावना कदर गरेकोमा म धन्यवाद दिन चाहान्छु । म सिके राउतलाई केही प्रश्न गर्न चाहन्छुस हिजो मधेसमा उग्रपन्थी, अराजक, विखण्डनवादी कुरा गरेर सम्पूर्ण नेपाली जनताको बलिदानीबाट प्राप्त समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गर्नु र संविधान कार्यान्वयन गरि मुलुकलाई आर्थिक समृद्धि दिशामा अगाडी बढाउनुको साटो हजारौं युवाहरूलाई गलत कुरामा उक्साउनु स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो अमुल्य मत दिनबाट बन्चित गराउनु के देश र मधेसी जनताको पक्षमा थियोे रुरुरुअबदेखि सु विचार एव सत् मार्गमा प्रस्थान गर्न खोज्नुभएका सिके राउतले मधेसी जनतासमक्ष क्षमायचना गर्नु पर्ने होइन र ?