बुटवल -नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनको तयारी तिव्र पारिएको छ । चैत्र १६ र १७ गते तम्घासमा हुने ऐतिहासिक सम्मेलन सफल बनाउनका लागि कांग्रेस गुल्मीले प्रचार प्रसार तिब्र बनाएको छ । घरदैलदो, प्रर्चा पम्प्रेट वितरण, भेला तथा अन्तरक्रिया लगायतका कार्यक्रमहरु जिल्लाका सबै स्थानिय तहमा सम्पन्न भैसकेका छन् । त्यसैगरि जिल्ला भन्दा वाहिर रुपन्देहीको बुटवलमा पनि सम्मेलन सफल बनाउनका लागि भन्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुटवलको सिद्धवावा पार्टि प्यालेसमा मंगलबार भएको कार्यक्रम बोल्र्दै पार्टि सभापती भुवन श्रेष्ठले पार्टिको जिल्ला सम्मेलन सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
उहांले सम्मेलनले गुल्मी कांग्रेसलाई उर्जा प्रदान गर्नुका साथै संगठन निमार्णमा प्रभाव पार्ने विश्वास व्यक्त गर्नु भयो । बुटवल आसपासमा बस्ने गुल्मेली कांग्रेसहरुको सहभागिता रहेको कार्यक्रममा बुटवलवाट पनि सहभागिता जनाउने प्रतिवद्धता जनाएको कांग्रेसका युवा नेता छाया पोख्रेलले बताउनु भयो । सो अवसरमा कांग्रेस नेता त्रैलोक्य प्रताप सेन, महेन्द्र भण्डारी, रिता सेन तेज वहादुर गौतम लगायतले धारणा राख्नु भएको थियो ।












