बसन्त आचार्य बुटवल,९ चैत । वर्तमान सरकारका गतिबिधिबाट नेकपालाई मत दिएका जनता नै आजित भएको नयाँ शक्तिका प्रदेश नं. ५ का ईन्चाज दान बहादुर चौधरीले दाबी गरेका छन् । नयाँ शक्ति पार्टी नेपाल वाणगंगा नगरपालिका वडा नम्बर ९ द्धारा आयोजित वर्तमान राजनैतिक परिस्थिति, बिकास र समृद्धिको प्रश्न बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका चौधरीले उक्त कुरा बताएका हुन् । केही दिन अघि नेकपाका अध्यक्ष प्रचण्डले आफू असुरक्षीत भएको भनि दिएको अभिव्यक्ति तर्फ इंगीत गर्दै सरकारको नेतृत्ब गरेका पार्टीका अध्यक्ष नै असुरक्षित छन् भने आम नागरिकको अवस्था कस्तो होला भनि चौधरीले प्रश्न गरे । उनले सेना परिचालनको अधिकार प्रधानमन्त्रीमा हुन नहुने बताए । सोही कार्यक्रममा नयाँ शक्तिका प्रदेश नं. ५ का प्रवक्ता मनिकर कार्कीले व्यबस्था र्फेन जन्मेका पार्टीले अबस्था र्फेन नसक्ने दाबी समेत गरे । व्यक्तिको खुसी सहितको प्रगति नै समृद्धि भएको बताउँदै बिकास र निर्माणको प्रक्रियामा सबै व्यक्तिलाई जोडनु पर्ने बताए । अन्तक्रिया कार्यक्रममा नयाँ शतिmका केन्दि«य परिषद सदस्य विष्णुहरि शर्मा, नयाँ शक्तिका संघीय परिषद सदस्य अलियास मुसलमान, नेपाली काग्रेसका महासमिति सदस्य हरिराज घिमिरे, नेकपाका वाणगंगा नगरपालिका वडा नम्बर ९ अध्यक्ष राजु खड्का र श्रीराम आधारभूत विद्यालयका सह प्रध्यानध्यापक रुद्ध प्रसाद पौडेलले पनि अब बिकास समृद्धि भन्दा अरुको विकल्प नभएको बताए ।












