राजेन्द्र प्रसाद जमरकट्टेल – आज तनहुँ कांग्रेसको इतिहासको कालो दिन तत्कालीन समयमा पार्टी कोषाध्यक्ष सगै गरिब संग विश्वेश्वर कार्यक्रम तनहुँ सयोजक ,महेन्द्र ज्योती उच्च मा।वि व्यवस्थापन समितिका अध्यक्ष हुदै गर्दा जिम्मेवारी बोकेर हिडेको दिन, बल्दै गरेको दियो निभेर सन्नाटा छाएको दिन ,सुन्नेको हृदय चुडिएर विक्षिप्त बनेको दिन, बसको यात्रामा सगै यात्रारता यात्रु र चिनजानका प्राय जसो सबै प्रत्यक्ष घटना देख्ने सबैको बोली बन्द भएको दिन, दुलैपानीको अमृत तुल्य चिसो पानीले ति चार गोलीले छेडिएका इन्द्रिय हरुको पिडा केही घन्टा शान्त पार्दै साहस देखाएको दिन , मुलबाट पानी बगे जस्तै गोलीका छर्राले बनाएका छिद्र बाट बगेको रगत सुबदार्नी आमाको पटुका च्याती बेर्दा पनि नरोकिएको देख्दा पनि अझै हिम्मत देखाएको दिन, रगतमै रगत शरिरमा रक्तसंचार रहिन्जेल सम्म साहसका साथ बोलि पिडा र दुख लुकाएर बोलि रहेको दिन ११ बर्षौ पहिलेको चैत्र २८। आजकै दिन बषौ पहिलेको चैत्र २८ ,तनहुँ को दुलैपानी साँची बसि अमरत्व प्राप्त गरि सहिद बिष्णु प्रसाद जमरकट्टेल लेखिएको दिन ११ यस महान दिन दुई दशक भयो इतिहासले प्रज्वलन हुदै गरेको दियो निभाएर त गयो ,कसैलाई त्यही दियोको प्रकाशबाट साहारा र साध्य ,साहनुभुति बोकी समाजको उज्यालो नियाल्थयो । तर कसैलाई दियो पछि अध्यारो आफ्नो बाधक सम्झी रिस ,रागले दिपको रोसनी निभाउन लालहित भयो र निभायो। निभेको पिडामा राष्ट्रले एउटा समाज बुझेको नागरिक गुमायो ,नैतिकशिक्षा आर्जन गरेका दुई दशक भरिका बिधार्थीले गुरुको जिवन्त इतिहास गुमाए ,नेपाली काग्रेस पार्टीले सच्चा ,इमान्दार र लगनशिल कार्यकर्ता गुमायो ,समाजले एउटा बिकासप्रेमी अभियन्ता गुमायो। हामी परिवारले त एउटा पिता र आमाले श्रीमान् गुमाए,आखिर समाजका लागी पाईला चाल्दै गर्दा ,समाजकै अगाडी बिसर्जन हुनु पर्दा अधुरा सपना र बिकासका सोचहरु पनि समाजलाई त्यही वर्ग लाई अभिभाराको रुपमा छोडदै बिचैमा जिन्दगीको यात्रा बिसर्जन गर्नु परेको झण्डै दुई दशक भइसकेछ।
हामी परिवार जनले आफ्ना पुर्खाको दिवंगत आत्माको स्वर्गको बासको कामना गर्दै हर पल हर दिन सम्झी रहेका हुन्छौ, तरपनि उहाँको तत्कालिन अवस्थाको अमुल्य समय ,निडर र अभयका साथ नेपाली कांग्रेस पार्टीका लागी खर्च गर्नु भयो सहिद बिष्णु जमरकट्टेल जस्ता धेरै साहसिक मूर्धन्य ब्यक्तित्व गुमाई क्षेति पुगेको पक्कै अनुभव भएको छ। ति हरेक क्षेति लाई शक्ति र उर्जामा बदल्न नेपाली काग्रेस पक्कै कतै नै कता चुकिरहेको छ ति दिनहरुको सम्झना गर्न चुकिरहेको छ । के ति पार्टीका सहिद हरुको त्यही समाज मा सम्मान गरि सम्झी समाज लाई नै जागरुप गर्नु पर्दैन रुरु हिजो बिष्णु जमरकट्टेल जस्ताले गरेको समाजिक सेवा ,पार्टीको निरन्तर खटाई गरि समाजमा निर्माण गरेको पार्टी जग र सगठन लाई नयाँ पुस्ता लाई जानकारी गराई जागरण गरि उर्जा थप्नु पर्दैन रुरुइतिहास सगै अस्तित्वको जगेर्ना गर्न चुक्यौ भने हिजोको योगदानको अस्तित्त्व के त रुरु कहाँ गएर खोज्ने रुरु यस्ता प्रश्नहरु आम देश भरी छरिएका छन । कुनै दिन प्रश्न को जवाफ खोज्ने बेला आए पार्टीको हैसियत र हालत के रहला ११ चैत्र २८ र बिष्णु जमरकट्टेल जस्ता हरेक दिन र इतिहासलाई बर्षमा एक चोटी पनि सम्झिने कन्जुसाई नेपाली काग्रेस केन्द्र ,जिल्ला तहले गर्छन भने ति बिक्षिप्त परिवारलाई आफ्नो पार्टीको पुँजी सम्झिन नसक्नु योगदान अवमुल्यड्कन हुनेछ पक्कै । ति परिवार लाई पुन समाजमा उभाउनु नै पार्टी को लागी आधार स्तम्भ तयार हुनेछ ।
तत्कालिन माओवादी आन्दोलनमा अभिभावक ,सदस्य गुमाएका परिवार आफ्नो इतिहास र योगदानमा गर्भ गर्न नपाउने रुरु खै त बाटो गर्भ गर्ने रु गाडी गुडन पनि राजमार्ग चाहिन्छ ११ पार्टी चल्न पनि इतिहास चाहिन्छ ,इतिहास नै पार्टी आफ्नो राजमार्ग हो। हुन सक्छ बिष्णु प्रसाद जमरकट्टेल पार्टीमा काम गरिरहदाँ कतिसग उहाँको बिमती थिए होलान ,कति सग मेल थियो होला कति बिमेल थियो होला तरपनि नेपाली काग्रेस तनहुँको सगठनको जिम्मेवारी निभाउन तत्कालिन बिद्रोही सग लुकेर हिडनु भएन बरु लुकेर र सुतेको बेला आक्रमण गर्लान की भनी साथी भाई इष्टमित्र र केही छिमेकी लाई पिर हुन्थ्यो ,तरपनि जिम्मेवारीमा रहदाँ जिम्मेवारी पुरा गर्न कुनै धाक धम्कीले छोएन र पछि हटनु भएन खुलेयाम गोली खानु भयो नेपाली काग्रेसको झन्डाले श्रद्धान्जलीको सम्मान रोज्नु भयो ,के तो परिवारको खुशीको लागी थियो त रु थिएन पक्कै ११समाज र पार्टी नै सर्वोपरी थियो आज त्यसको मुल्याड्कन शहिद शब्द लेखेर मात्रै पुग्ने हो ररु हुने हो र रु आज पनि स्मरण गर्न सकिएन भने बिष्णु प्रसाद जमरकट्टेल जस्ता तनहुँ काग्रेस सम्मानयोग्य कयौ ब्यक्ति गुमाएका छ तिनको स्मरण गर्न तिनकै परिवारले हारगुहार गर्न पर्ने हो त

यो तत्कालीन पार्टीको नेतृत्व पुस्ता सहयात्री पुस्ता ,समकक्षी पुस्ता र सगठन बाट जन्मेका पुस्ता छन ,सगठनका दिन रात र दुखका चौतारी मा सगै सास बिसाएका पनि होलान ,तिनीहरुले पनि बिर्सने हो भने आजको २०,२५ बर्षको नब कार्यकर्ताले कसरी स्मरण गर्लान त आज एस्तो पुस्ता कांग्रेस भैसको बिपी कोइराला कालो टोपी लगाएको भित्ताको फोटो देखेर यो टोपी लगाउने पनि मान्छे पनि कांग्रेस थियो र भनेर सोध्ने पुस्ता तयार भइसको नेपाली कांग्रेश आफ्नो इतिहास लेख्न र सुनाउन डराइरहेको छ चुकी रहेको छ तनहुको कांग्रेशको इतिहास गतिलो रहेको छ कतै आफ्नो इतिहास लाई भित्तामा मात्र सिमित राख्ने होइन भनेर डर मान्नु पर्ने बेला भएको छ, कतै मेरो छोराले कुनै दिन तनहुको कुनै भित्तामा हजुरबा बिष्णु प्रसाद जमरकट्टेल को फोटो देखो भने मेरो बुवाको अनुहार संग मिल्ने फोटो यहाँ किन राखेको भनेर पक्कै सोध्ने छ।
अहिले बालापनमा उसलाई हजुरबाको बारेमा भन्दा कथा भने जस्तो लाग्छ । भोलि कुनै दिन युवा अवस्था हुदै गर्दा समाज र पार्टी ले गर्व साथ हजुरबाको बारेमा योगदान त्याग र निष्ठा तेही समाजमा उभायर सुनाउदा बल्ल विश्वास गर्व गर्दै नेपाली कांग्रेशको युवा मन बोकेर हिड्छ, समाज र पार्टीका लागी त्याग र समर्थन बोकेर उत्साह थप्छ । तेसका लागी नेपाली कांग्रेश कतै चुकिरहेको त छैन।चैत्र २८ हामी परिवारको मात्रै पिडा र दुखंताको तिथि होइन समाज र पार्टी को शोकलाई शक्तिमा बदल्ने एक महान दिन हो । यस अवसरलाई २ दसक बिति सके पनि तनहु नेपाली कांग्रेसले चिया गफमा सिमित नगरी प्रत्यक शहिदहरुको प्रत्यक त्यो दर्दनाक दिनहरुलाई शक्तिमा बदल्ने छ ध्यानाकर्षण होस् सबै सहिद परिवारहरुको भावनाको रुपमा शहिद बिष्णु प्रशाद जमरकट्टेल प्रति आजका शब्दहरु समर्पित गर्दै साथी जस्तै छोराको कर्तब्य निभाएको छु। हार्दिक स्मरण गर्दै तपाई प्रति सबै नेपाली कांग्रेस प्रति आस्था राख्ने हरुको प्रतिनिधित्व गर्दै तपाइलाई श्रद्धा श्रद्धाञ्जली अर्पण गर्दछु ।
राजेन्द्र प्रसाद जमरकट्टेल
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि












