सम्पादकीय : नहोस् गफको बर्ष
जो सँग जति छ त्यति मात्र दिन्छ अथवा घैलामा जति छ त्यति मात्र पाइन्छ भने जस्तो सामान्य अवस्थाबाट अगाडि बढिरहेको थियो त्यसमा पुरानै अभ्यासबाट पोख्त बनेका सरकार संचालकहरुले अरु कुनै फरक बाटो देख्न र भेट्न सक्ने अबस्था थिएन ,भएन
संभवत इतिहास मै पहिलो पटक नेपाली नागरिकले देशमा समृद्धिको सपना र सरकारबाट बढि अपेक्षा गएको बर्षमा गरे । मुलुकमा स्थिर सरकार भए सबै थोक हुन्छ भन्ने बुझेका आम नागरिकको त्यो अपेक्षा सायदै गलत थियो । जो सँग जति छ त्यति मात्र दिन्छ अथवा घैलामा जति छ त्यति मात्र पाइन्छ भने जस्तो सामान्य अवस्थाबाट अगाडि बढिरहेको थियो त्यसमा पुरानै अभ्यासबाट पोख्त बनेका सरकार संचालकहरुले अरु कुनै फरक बाटो देख्न र भेट्न सक्ने अबस्था थिएन ,भएन । सरकारको आकार अनुसार अहिले हुन सक्ने सहज उपलब्धी भनेको बिभिन्न क्षेत्रको नीतिगत सुधार र संघियताको व्यवहारिक कार्यान्वयन नै महत्वपुर्ण हो तर त्यही कुरामा सरकारले आफ्नो प्रभावकारी भुमिका प्रर्दशन गर्न सकेन । सरकारले गएको बर्ष चुनावी शैलीमा आश्वासन बढि बाँढ्यो । जस अनुसार तत्काल काम गर्न सक्ने अबस्था थिएन । यही कारणले नागरिकमा नैरास्यता उत्पन्न भैरहेको छ । आफ्नो पाँच बर्षे आयुलाई ढुक्कसँग चलाउन सक्ने मौका पाएको सरकारलाई आफ्नै आश्वासनबाट चुक्नु भन्दा पनि प्रणालीको बिकाशमा ध्यान दिनुपर्ने थियो । हुन त सरकारले आफुलाई बिकाशको जग बसालेको भन्दै जश दिन खोजिरहेको छ तर सरकारले भने जस्तो सहज अबस्था पक्कै पनि छैन । यदि यो अबस्था सरकारले भने जस्तै जगै हो भने पनि अबको समय उपलब्धी देखिने गरि र नागरिकले महशुस गर्ने गरि अगाढि बढ्नुपर्छ । समृद्धिको अभियान सफल रहोस् शुभकामना !!!












