अमेरिकामा कम्पनी, संस्थाहरुको सेवा, सुबिधा एवम मेम्बरसिप लिँदा के के कुरामा ध्यान दिनु पर्छ ?

सानुबाबु सिलवाल । अमेरिका ।

प्रकाशित मिति:

सानुबाबु सिलवाल । अमेरिका ।

अमेरिकामा कुनै पनि कम्पनी, सस्था एबम निकायको सेवा, सुबिधा एबम मेम्बरसिप फोनबाट लिँदै हुनुहुन्छ भने होशियार रहनुहोला। फोनबाट लिने सेवा एवमं सुबिधा भाषाको अभावमा, भाषा राम्ररि नबुझ्दा, ति कम्पनीवा संस्थाका नियम र कानुनको दीर्घकालिन असर नबुझ्दा अमेरिकामा धेरै मानिसहरु भिक्टिम हुने, मानसिक एवम आर्थिक रुपमा ठुलै क्षति समेत ब्यहोर्नु पर्ने हुनसक्दछ​। त्यसैले त्यस्ता कम्पनीका सेवा सुबिधा, ति कम्पनिका एडभान्टेज एवम आर्थिक उत्तरदायित्वका बारेमा बुझ्न सक्नु भ​एन भने तपाइ नराम्ररी ठगिनु हुनेछ​। एकपटक फोनमा तपाइले सहमति दिएपछि कानुनत तपार्इ तल पर्नु भयो भनेर जान्नुहोला। मैले जानिन​, मैले नबुझेर त्यस्तो भयो त्यसैले सेवा क्यान्सिल गर्छु वा रद्द गर्छु भनेर तपाइले धर पाउनु हुने छैन​। तपाइले कि त त्यो सेवा अबधि कतिको छ कति समयका लागि तपाइले सेवा लिनुभ​एको हो त्यतिबेलासम्म कि त तिरिरहनु पर्यो, कि त जरिवाना वा हर्जना स्वरुप ठुलै रकमतपाइले तिरेपछि मात्र तपाइले छुटकारा पाउनुहुनेछ​।

अमेरिकामा बस्ने, अमेरिकामा भर्खरै आएका र पुर्ण रुपमा नभोगेका, नजानेका दाजुभाइ दिदिबहिनिहरुका लागि ठुलो सुझाव र जानकारिका लागि यो छोटो लेख लेखिदिएको हुँ। अझै यसलाइ यसरि स्पष्ट सङ्ग यसरि बुझ्नुहोला। जस्तै तपाइले सेल फोन किन्न लाग्नु भयो, घरको इन्टरनेट​, फोन लाइन​, टिभि एकल वा बन्डलमा कुनै कम्पनिको सेवा लिन लाग्नु भयो, कुनै रेन्टल कम्पनीबाट कुनै सामान लिन लाग्नु भयो, कुनै क्रेडीट कार्ड लिन लाग्नु भयो वा कुनै बस्तु वा चिज खरिद गर्दै हुनुहुन्छ वा कुनै कम्पनिको मेम्बरसिप लिदै हुनुहुन्छ फोनबाटै भने राम्ररी बुझेर​, बुझ्ने मानिसको सहयोगमा, भाषा जानेका मानिसको सहयोगमा, नबुझेमा दोइर्याएर सोधेर वा त्यसबाट आफुलाइ के के फाइदा हुने, आफुलाइ कति आर्थिक राहत वा बोझ पर्ने, कति महिनासम्म सदस्यता, इन्सटलमेन्ट बुझाइरहनु पर्ने, ब्याजदर कति लाग्ने, त्यसको हिडन कस्ट अर्थात आन्तरिक लुकेका अन्य खर्च छ कि छैनन​्, समयमा पेमेन्ट नपुग्दा कति हर्जना हुने, आफुलाइ सेवा मन नपरे, मन नलागे, उक्त कम्पनिको सेवा सन्तोषजनक नभ​ए, बिग्रे,भत्केको अबस्थामा रिप्लेसमेन्ट वा सेवा रद्द गर्दा हुनसक्ने अबस्था वा लाग्न सक्ने आर्थिक हर्जना वा जरिवाना, उक्त कम्पनिको पेमेन्ट समय अबधि अगावै पे अपm गर्न पाउने वा नपाउनेरु यि सबै बुझेर मात्रै फोनबाट सेवा लिने वा आफ्नो सहमति दिनुहोला।

यदि यस्तो गर्नु भ​एन भने अमेरिकामा तपार्इलार्इ ति कम्पनी हरुले नराम्ररीआर्थिक एबम मानसिक तनाब दिन सक्नेछ​। त्यो बेला रोएर​, कराएर​, भनसुन गरेर वा धम्क्याएर​, रिसाएर वा झगडा गरेर कुनै अर्थ हुने छैन​, तपार्इलार्इ पानी मुनि ग​ए पनि छोड्दैन​, असुलि गरेरै छोड्छ नत्र तपाइको क्रेडीट डामाडोल बनाइ दिनेछ​। त्यसैले होशियारी पुर्बक यस्ता सम्झौता वा एग्रिमेन्टमा नफस्नुहोला। अरु बाकि अन्य लेखहरुमा लेख्ने नै छु। अझै नबुझे मलाइ सोध्न सक्नुहुनेछ​।