आर्थिक बिकासको गोरेटोमा बीमा

प्रकाशित मिति:

प्रकाश न्यौपाने । आर्थिक विकासका लागी दिर्घकालिन सोच र योजना आवस्यक हुन्छ । विशेष गरी बेलायतमा १६६६ मा भएको आगलागी पछि बेलायतले एउटा राम्रो पाठ सिकेको देखीन्छ । जसका कारण बेलायत आज आर्थिक विकासमा अब्बल बन्न सफल भएको छ ।
आगलागीबाट करीव ८५ प्रतिशत क्षति पुगेपछि बेलायतले आफ्नो आर्थिक विकासको साहारा बीमालाई लिगेको देखीन्छ, फलस्वरुप आज बीमा विषयमा छलफल र इतिहास पल्टाउदा बेलायत नै अग्रपंतिमा आउछ । पछिल्लो समय अधिकाश युरोपेलि राष्ट्रहरुले बिमालाई आफ्नो आर्थिक विकासको अभिन्न अड्डका रुपमा लिएका छन् ।

अहिलेको सन्दर्भमा आर्थिक विकासका लागी जीवन बीमा मात्रै यस्तो माध्यम हो, जसमा बीमा गर्ने मान्छे, गराउने मान्छे, बीमा कम्पनी र सरकार सबै पक्षलाई फाईदा र राम्रो उपलब्धि हुन्छ । देशमा बेरोजगारी समस्याले विक्रराल रुप लिइरहेका बेला कसरी बीमा क्षेत्रबाट रोजगारी सिर्जना गरी धेरैलाई रोजगारी दिन सकिन्छ भन्ने विषयमा ध्यान पुर्याउनु आजको आवस्याकता हो ।  जीवन बीमाको माध्यमबाट आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउदै, आर्थिक विकासमा विभिन्न योजनाहरु बनाउन सकिन्छ । नेपालमा सरकारी तबरबाट पनि बीमा क्ष्ँेत्रमा विभिन्न नीति नियमहरु बनाउदै अगाडि बढेको अवस्थामा पनि नेपालमा बीमा पहुंच करीब ११÷१२ प्रतिशतमा नै हुनु निकै गम्भिर विषय रहेको छ । नेपालमा २०७२ सालमा आएको भूकम्पपछि बीमाको महत्व बढेको त देखिन्छ । मानिसको जीवनको कुनै टुंगो हुंदैन भन्ने भूकम्प, दुर्घटना लगायतले सिकाएको हुनुपर्दछ ।

प्रत्यक व्यक्तिको जीवनमा एक प्रकारको आर्थिक जोखिम हुन्छ, जसको केही मात्र परीपूर्ति जीवन बीमाले गर्दछ । कुनै पनि मानिसलाई हामी धन पैसासंग तौल्न त सकिदैन तर पनि आफ्नो परीवारमा उक्त व्यक्तिको अनुपस्थिमा पनि आर्थिक गतिविधिको चलायमान गराउन जीवन बीमाले ठुलो सहयोग गर्दछ ।  जीवन बीमामा प्रत्यक्ष रुपमा संलग्न तीन पक्षहरु रहेका छन् । बीमा गर्ने व्यक्ति (विमित), बीमा गराउने पक्ष (विमक) र बीमा गराउने पक्ष र बीमा गर्ने पक्षको विचका बीमा सल्लाहकार (अभिकर्ता) रहेका हुन्छन् । बीमा गराउदा बिमीत, विमक, अभिकर्ता र सरकारको पनि आर्थिक बिकासमा ठुलो सहयोग पुगेको हुन्छ । विमितले तिरेको बीमा शुल्कले सरकारलाई ठुलो पुजि जुटाउन सहज हुन्छ भने अभिकर्ताले र विमकले कमाएको रकमबाट कर तिर्दछन ।

जसले गर्दा सरकारको आयस्रोत समेत बढेको छ । जसको जन्म हुन्छ उसको मृत्यु पनि निश्चित नै छ । यस कुरालाई अंगाल्दै, प्रत्येक व्यक्तिले आफ्नो जीवनको जोखीम बीमामा हस्तान्तरण गर्न सके हामी आर्थीक विकासको गोरेटोमा हिडेको महसुस गर्न सकिन्छ । किनकी परीवारमा कमाउने व्यक्तिको अनुउपस्थितीमा पनि उक्त व्यक्तिको परीवारको पालनपोषण, शिक्षादीक्षा लगायत आर्थिक करोवारमा केही सहज हुनेछ । मृत्यु मेरो जीवन संग जोडिएको कुरा हो । यदि म नहुंदा यो सबै कुरामा रोकीएर भयावह अबस्थाको सिर्जना हुन्छ । त्यो हुन नदिनलाई नै जीवन बीमा गर्नुपर्ने हुन्छ । भन्ने सोच हामी सबैमा आउनु जरुरी छ । फलस्वरुप बीमाको माध्यमबाट हाम्रो परीवार, समाज र राष्ट्रको आर्थिक विकासमा ठुलो टेवा पुग्नेछ