शहरी स्वास्थ्य क्लिनिक आफैं बिरामी अवस्थामा

प्रकाशित मिति:

इमरान खान / कपिलवस्तु –  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको मनिकौरामा संचालित रहेको शहरी स्वास्थ्य क्लिनिक बाहिरबाट भैसीको गोठ जस्तो देखिने भित्र हेर्दा आफैं बिरामी अवस्थामा रहेको देखिन्छ ।

बि.स. २०७३÷२÷३१ मा स्थपित क्लिनिकमा एक हेल्थ असिसटेन्ट एक एनम र एक कार्यालय सहायक को दरबन्दी रहे पनि अहिलेसम्म एनम को ब्यवस्था हुन सकेको छैन । सो गाउँको समुयिक भवनमा संचालित भएको ३ बर्ष बितिसक्दा नगरपालिकाले एउटा टेबुल र दराज मात्र उपलब्ध गराएको छ भने गाउँकै समाजसेवी बैजनाथ चौधरी (सकाले) ले सुरुमा नै पुरानो २ वटा कुर्सी र औषधि राख्ने रेक सहयोग गरेको र त्यसैबाट काम चलाउने गरिएको छ ।

सो कार्यलयमा बिद्धुत नहुदा गर्मीमा बिरामी तथा क्रमचारी बस्न गाह्रो हुँदा सब मिटर जडान गरी आफ्नै गोजीबाट बिलको रकम तिरेर एउटा पंखा चलाएको हे.अ. राम महेश यादवले बताए । खानेपानी , शौचालय र बिरामी जाच्ने बेड लगायत थर्मामिटर समेत नभएको शहरी स्वास्थ्य क्लिनिकलाई नगरपालिकाले ध्यान नदिदा बिरामीलाई सेवा दिने सो क्लिनिक आफैं बिरामी भएको अवस्थामा पुगेको छ ।