प्रधानमन्त्री ओली नयाँ दिल्लीमा

प्रकाशित मिति:

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागि हुन प्रधानमन्त्री केपी ओली नयाँ दिल्ली पुगेका छन् । ओलीलाई भारतीय विदेश मन्त्रालयका सचिव ए गितेश शर्मासहित नेपाली राजदूत निलाम्बर आचार्य र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी स्वागत गर्न दिल्लीको गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

बिहीबार साँझ मोदीले दोस्रो पटक भारतीय प्रधानमन्त्रीको रुपमा सपथ लिने कार्यक्रम छ । मोदीले भारतीय राष्ट्रपतिसँग सपथग्रहण लिने कार्यक्रममा नेपाल, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्याण्ड, कीर्तिस्तान र मौरिससका सरकार प्रमुख सहभागी हुँदैछन्। प्रधानमन्त्री ओलीको टोलीमा प्रमुख परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागीसहित उच्च अधिकारीहरु रहेका छन् ।ओली शुक्रबार नै स्वदेश फर्कने छन्।