अमेरिका, जुन ३ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरूण दलले अमेरिकामा जागरण अभियान चलाउने भएको छ । काँग्रेसले देश विदेशमा ‘राष्ट्रिय जागरण अभियान’ सन्चालन गर्दै आएको छ । माँउ पार्टीको निर्देशन अनुसार नेपाल तरूण दल अमेरिका शाखाले अभियान संचालन गर्न लागिएको जनाईएको छ । तरूण दल अमेरिका शाखाका अन्नतराज सुवेदीद्वारा जारी विज्ञप्तिमा जुन १५ का दिन न्युयोर्कमा जागरण कार्यक्रम सन्चालन गर्ने उल्लेख छ ।
तरूण दल अमेरिका शाखाद्वारा जारी विज्ञप्ति
आदरणीय साथिहरू
जय नेपाल ।
मातृ पार्टी नेपाली काँग्रेसले संचालन गरेको राष्ट्रिय जागरण अभियानलाई विशेष सहयोग पुर्याउने उदेश्यले पार्टिको निर्देशन अनुसार नेपाल तरूण दल अमेरिका शाखाले अमेरिकाका बिभिन्न शहरमा भव्य रूपमा जागरण अभियान संचालन गर्ने निर्णय गरेको छ ।सोहि अन्तर्गत न्यूयोर्कमा हुने पहिलो कार्यक्रमा सहभागि भई दिनुहुन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा बिनम्र अनुरोध गर्दछौ।
मिति:-June 15 , 2019
समय:- 1:00 PM
स्थान :- Thakali Ktchean
74-14 37th Ave, Jackson Heights, NY 11372
अन्नत राज सुबेदी
नेपाल तरूण दल अमेरीका शाखा ,
न्यूयोर्क ।












