ओमको लापरबाही : पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु

प्रकाशित मिति:

काठमाडौं –  चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । अस्पतालमा मृतकका आफन्तले नाराबाजी गरिरहेका छन् ।

पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेको आफन्तहरुको आरोप छ । पित्त थैलीको अप्रेसन गर्न अस्पताल गएका उनीहरू भर्ना भएर अप्रेसन भएको थियो ।