सचेत रहनुहोला ,काठमाडौंमा पनि डेंगुको जोखिम उच्च

प्रकाशित मिति:

काठमाडौँ /देशका विभिन्न भागमा डेंगु रोगको प्रकोप बढ्दै जान थालेको छ। एडिस एजिप्टाई जातको पोथी लामखुट्टेलेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप फैलिँदा जोखिम बढेको हो।संघीय राजधानी काठमाडौंमा पनि यसको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्। चिकित्सकका अनुसार काठमाडौं डेंगु उच्च जोखिममा छ।

बितेका ४० दिनमा ११ जिल्लाका ५ सय ६१ जना उक्त रोगबाट प्रभावित भएका छन्। यो समचार आजको राजधानी दैनिकमा छ ।