श्यामकला बचाँउ अभियान : सहयोगका लागि परीवारजनको याचना !

प्रकाशित मिति:

राम प्रसाद भण्डारी / बुटवल – अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वाड न.७ काहुले ढिकुरा (आटि) निवासी सुन्तली(श्यामकला)पाण्डे एउटा छोरी सानै छदा पतिको मृत्यु भयो एकल जिन्दगी भएतापनी जेनतेन गुजारा गर्दै वाड न.७ ढिकुरामा रहेको भगवती प्राथमिक विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्दै छोरीलाई पठनपाठन तथा उचित शिक्षा दीक्षा दिदै दु:ख कष्ट तथा परिस्थिति अनुसारको संघर्ष झेल्दै जेनतेन गुजारा चलाउदै आउनुभएको थियो।मिति २०७६ जेष्ठ १२ गते विद्यालय समय सकेर घर फर्की घाँस काट्ने क्रममा रुखबाट लडेर मेरुदण्ड(ढाड)भाचिएको हुदा काठमाडौ स्थित वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भैरहेको छ। तर आर्थिक अबस्था निकै कमजोर तथा दयनीय भएको कारण उपचारमा समस्या भैरहेको छ।

एउटा अप्रेसन भैसकेको छ र अर्को अप्रेसन पनि गर्नुपर्ने भएको छ । उहाँ अस्पतालमा मृत्यु संग लडिरहनु भएको छ,उहाको घरको आर्थिक अबस्था दयनीय रहेको हुदा उहाको जीवन रक्षाका लागि हजुरको सानो सहयोग अमुल्य बन्न सक्छ। तेसैले आफ्नै आमा तथा आफ्नै दिदिबहिनी सम्झेर उपचारमा सहयोग पुर्याउन सबैले आफुसक्दो आर्थिक सहयोग गर्नुहुन उहाँ पीडितकि पीडित छोरी अनिता पाण्डेले सबै सामु विनम्र अनुरोध गरेकी छिन।हजुरको सानो सहयोगले उहाने अर्को जन्म पाउने आस पनि छोरी अनिताले लिएकी छिन।

सहयोग को लागि पीडित म्याडम श्यामकला पाण्डेकी छोरी आनिता पाण्डेको नाममा एनएमबी (NMB) बैंक गुल्मी शाखाको खाता न.०४७००६२५३९७०००१२ (0470062539700012)  छोरीको सम्पर्क नम्बरमा ९८६७१९२७२८ (9867192728) सहयोग गर्न आग्रह गरेका छन ।