सल्यानमा स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यको आम भेला सम्पन्न

प्रकाशित मिति:

कोैरव खत्री-बागलुङ/बरेङ गाउॅपालिकाका वडा नं ४ सल्यान स्थित सल्यान स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यको सार्वजनिकीकरण आम भेला बुधवार सम्पन्न भएको छ । सामाजिक परिक्षण कार्यको पहिलो चरणमा सल्यान स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिसँग अन्तरकृया, दोस्रो चरणमा स्वास्थ्यकर्मीहरु सँगको अन्तरकृया, तेस्रो चरणमा स्वास्थ्य आमा समुह सँगको अन्तरकृया, चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको थियो ।

अभियानको क्रममा बरेङ गाउॅपालिका वडा नं ४ सल्यानका विभिन्न गाउॅ तथा टोलहरुमा तथ्याङ्क संकलन गरिएको थियो । स्वास्थ्य चौकीले प्रवाह गरेका सेवा सुविधा, त्यहाँको सुसासन, पार्दशिता र जवाफदेहिता लाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्येश्य रहेको छ ।आम भेलामा सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण र त्यसको विस्तृत जानकारी सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा भेलामा उपस्थित सल्यानबासी समुदायले स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा सुविधा प्रति आफुहरु सन्तुष्ट रहेको बताएका छन । उनीहरुले स्वास्थ्य संस्थाहरुमा त्यहॉको आवश्यकता र मागलाई मध्यनजर गरि औषधीको थप्न सुझाव दिए, दुर्गम क्षेत्र भएकोले प्रयोगशाला ल्याव र एम्बुलेन्स उपलब्ध गराउन अनुरोध गरेका छन त्यस्तै स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने गर्भवती महिलाको हकमा उनीहरुलाई अन्यत्र रिफर गर्नु पर्ने भए यातायात खर्च वडा कार्यालय वा गाउॅपालिकाले व्यवस्था गरिदिन सुझाव दिएका छन ।

स्वास्थ्य चौकीमा जाडोको समयमा बर्थिङ सेन्टरमा बच्चा र सुत्केरी आमाको लागि चिसोबाट बचाउन हिटर आवश्यकता रहेको भन्दै स्वास्थ्यकर्मीहरुले त्यसको व्यवस्थापन गर्नको निम्ति सम्बन्धित निकायलाई सुझाव दिएका छन । स्वास्थ्य चौकीमा औषधी देखि अन्य सेवा सुविधा विगतको तुलनमा राम्रो हुॅदै आएको स्थानियले बताएका छन । स्वास्थ्य चौकी जॉदा स्वास्थ्यकर्मीहरुको व्यवहार राम्रो रहेको, स्वास्थ्य संस्थामा खानेपानी, शौचालय र सरसफाइको ब्यबस्थापन राम्रो रहेको भन्दै प्रशंसा समेत गरिएको थियो ।पहिलेको तुलनामा नेपाल सरकारले निशुल्क उपलब्ध गराउने औषधीहरु स्थानिय सरकारले पर्याप्त उपलब्ध गराएमा अझ प्रभावकारी हुने समेत उनीहरुको भनाई छ ।

भेलामा सहभागी शिक्षाप्रेमीले विद्यालयमा प्राथिक उपचारका सामाग्री र स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कक्षाहरु समय समयमा सञ्चालन गर्नुपर्ने यस क्षेत्रको आवश्यकता रहेको बताए । आम भेलामा उठेका प्रश्न, जिज्ञासा र गुनासाहरुको सल्यान स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष लिल बहादुर खत्री, र सल्यान स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव लिलाराम शर्माले प्रतिवद्वता मन्तव्य सहित स्पष्ट पार्नुभएको थियो । सो अवसरमा बरेङ गाउॅपालिका वडा नं ४ का वडा सदस्य अमृत गौतम र सल्यान सुखौरा माध्यमिक विद्यालयका पुर्व प्रधानध्यापक हरिकृष्ण शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो । सामाजिक परिक्षण कार्यको आम भेलामा सल्यान स्थित जनप्रतिनिधी, संघ संस्थाका प्रतिनिधीहरु, आमा समुह, स्वंयसेविकाहरु, विद्यालयका प्रतिनिधीहरु, स्थानियबासी लगायतको उपस्थिती रहेको थियो । आम भेला बरेङ गाउॅपालिका वडा नं ४ सल्यानकाका वडा अध्यक्ष एवं सल्यान स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष लिल बहादुर खत्रीको अध्यक्षता, सल्लाहकार सदस्य मुकुन्द गौतमको स्वागत र समाजिक परिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।