काठमाडौं । गण्डकी प्रदेश सांसद दीपक मनाङ्गे बिहीबार नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको बताइएको छ ।मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद दीपक मनाङ्गे थुनामुक्त भएपछि प्रदेश सांसदको रुपमा सपथ लिएका थिए। सांसद मनाङ्गे २७ हजार ३७५ रूपैयाँ धरौटीमा थुनामुक्त भएका थिए। ज्यान मार्ने उद्योगमा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरेका थिए।नेपालसमाचारपत्र वाट साभार












