कौरव खत्री बागलुङ /
बागलुङको गलकोट नगरपालिका १० पाण्डवखानीमा १ दिने नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। गलकोट नगरपालिका १० पाण्डवखानी वडा कार्यालयको आयोजना तथा नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा बागलुङको प्राविधिक सहयोगमा संञ्चालन भएको शिविरमा ८९ वर्षिय वयोवृद्ध शशिराम श्रीसको आखाँको चेक गरेर शिविरको शुरु गरिएको थियो।

शिविरमा वयोवृद्ध,विद्यार्थी लगाएत गरि १२५ जनाले आखाँको चेकजाँच चेक गराएका थिए । उपल्लाचौर बागलुङमा आखाँको सबै किसिमका सेवाहरु सुचारु रुपले संचालनमा आएकोले अस्पतालले सबैलाई मौकाको फाइदा उठाउन आग्रह गरेको छ । हरेक महिनाको २६ र २७ गते मोतियाविन्दुको अपरेशन गरिने समेत संघका कोषाअध्यक्ष लक्ष्मण प्रसाद शर्माले जानकारी दिए ।
शिविरमा गलकोट नगरपालिका १० का वडा अध्यक्ष तिलक घर्ती,वडा सचिव भिम घर्ती,बरिस्ठ समाजसेवी मानसिंह छन्त्याल,नेपाल नेत्र ज्योति संघका सभापति भरत पुरी,संघका कोषाअध्यक्ष लक्ष्मण प्रसाद शर्मा,वडा नम्बर ५ का अध्यक्ष नारायण ध्वज मल्म,नेत्र विशेषज्ञ पेकज चौतरी,नेत्र संघका विक्रम श्रेष्ठ पत्रकार सुरेश छन्त्याल लगाएतको सहभागिता थियो।










