काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्ष २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरेको छ। कमल थापा अध्यक्ष रहेको राप्रपाले यस वर्षलाई संगठन निर्माण वर्ष घोषणा गरेसँगै जिल्लाजिल्लामा प्रशिक्षण संचालन गरेको छ। काभ्रेको धुलिखेलमा केन्द्रीय प्रशिक्षकहरूलाई प्रशिक्षण दिएर उनीहरूलाई जिल्ला जिल्लामा खटाइएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार भदौ महिनाभित्र ७७ जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने गरी काम अगाडि बढाएको बताए। पार्टी संगठनलाई चुस्त र कार्यकर्तालाई प्रशिक्षित बनाउन सञ्चालन गरिएको भनिएको प्रशिक्षण कार्यक्रम अन्तर्गत मोरङ, स्यांजा र धनकुटामा प्रशिक्षण सम्पन्न भइसकेको श्रेष्ठले जानकारी दिए। भदौ दोस्रो साताभित्र गोरखा, लमजुङ, झापा, बैतडी, पाँचथर, सुनसरीको प्रशिक्षण तय गरिएको उनले जानकारी दिए। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको प्रशिक्षणको समय पनि तय भइसकेको छ। प्रशिक्षण विभागका प्रमुख एवं प्रवक्ता भुवन पाठकका अनुसार मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण वर्ष – २०७६ को कार्य योजना, संगठन निर्माण र नेतृत्व विकास, सैद्धान्तिक वैचारिक पक्ष, सकृय सदस्यता वितरण अभियान, केन्द्रीय महाधिवेशनको तयारी, सूचना प्रविधिका विषयमा प्रशिक्षण दिइनेछ। अध्यक्ष थापा अर्को साता नवलपरासी, रुपन्देही, कपिलवस्तु र मकवानपुर जाने बताइएको छ।
प्रशिक्षणका लागि राप्रपाले केन्द्रीय नेता, विभाग र भातृ संगठनका पदाधिकारीसमेतलाई जिल्लामा परिचालन गरेको बताइएको छ। राप्रपाले ७५३ वटै स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्ने लक्ष्य लिएको र तदअनुरुप केन्द्रीय प्रशिक्षक र केन्द्रीय नेताहरूलाई परिचालन गरेको बताइएको छ। बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने महाअभियानमा चुस्त संगठन, वैचारिक रूपमा सबल कार्यकर्ता र समयानुकूल कार्यक्रम आवश्यक पर्ने भएकाले देशव्यापी बृहत प्रशिक्षण सञ्चालन गरिएको प्रचार विभाग प्रमुख श्रेष्ठको भनाइ छ। राप्रपाले धनकुटा, मोरङ, पाँचथर र ताप्लेजुङका लागि वासुदेव भट्टराई र शारदा रिजाललाई प्रशिक्षक बनाएर खटाएको छ। भाद्र १४ गते पाँचथरमा हुने प्रशिक्षण कार्यक्रममा पार्टीका प्रवक्ता भुवन पाठक र सहायक महामन्त्री तिर्थराज चटौत सहभागी हुने भएका छन्। यसैगरी खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरमा बसन्त रिमाल र कुमार बस्नेत, झापा र सुनसरीमा मधुसूदन रिसाल र सांसद रिता माझी, भोजपुर, संखुवासभा, इलाम र तेह्रथुममा केशव ओझा र रञ्जु प्याकुरेल, सिरहा, सप्तरी, बारा र पर्सामा विन्तीप्रसाद चौधरी र सुजन अधिकारी, धनुषा, महोत्तरी, रौतहट र सर्लाहीमा सुजित केसी र श्यामप्रसाद नेपाल प्रशिक्षक तोकिएका छन्।
यसैगरी चितवन, नवलपुर र नवलपरासीमा युवराज घिमिरे र लिला स्त्री, सिन्धुली, मकवानपुर, रामेछाप र धादिङमा भक्ति सिटौला र राजन सिवाकोटी, नुवाकोट, रसुवा, काभ्रेपलान्चोकमा परशुराम तामाङ र श्याम लामा, हुम्ला र डोल्पामा शशि भण्डारी र गणेशलाल श्रेष्ठ, दोलखा र सिन्धुपाल्चोककोमा लालध्वज लामा र मणि सिंखडा, सल्यान, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिममा कौशल आचार्य र मीना स्वर्णकार, गोरखा, लमजुङ, तनहुँ र कास्कीमा वसन्तमानसिंह अधिकारी र हिक्मतजंग भण्डारी, बर्दिया, दाङ र बाँकेमा पवित्रा सुब्बा श्रेष्ठ र गिरिराज पुरुष, बझाङ, दार्चुला र बैतडीमा उपेन्द्र विक्रम पुरुष र पुरु दाहाल, दैलेख र जाजरकोटमा सन्तोषी शाही ठकुरी र जनकसिंह ठकुरी, स्यांजा, बाग्लुङ, पर्वत, मुस्ताङ र म्याग्दीमा वरुण विक्रम राणा, विनोद भट्टचन र नवराज लम्जुङ्गे, रुपन्देही र कपिलवस्तुमा युवराज घिमिरे, सुमेश्वर कुशवाहा र बिन्तीप्रसाद चौधरी, डोटी, बाजुरा र अछाममा हिक्मतसिंह भण्डारी र महेशबहादुर सिंह, जुम्ला, मुगु, सुर्खेत र कालिकोटमा राजेद्रवीर राय र लिलाधर शर्मा, अर्घाखाँची, गुल्मी र पाल्पामा मेनुका खाँड केसी र सीता बस्याल केन्द्रीय प्रशिक्षक तोकिएका छन्। काठमाडौं, ललितपुर र भक्तपुरमा भने प्राडा जयन्तनाथ खनाल, रमानन्द न्यौपाने र आशा लामाले प्रशिक्षण दिने भएका छन्।












