नेपाली काँग्रेस स्याङ्जाले राज्यको पुर्नसंरचना अनुसार स्याङ्जा क्षेत्र नं। २ को संघीय र प्रादेशिक समितिको समायोजन गरेको छ । आज वालिङमा आयोजित कार्यक्रममा साविक क्षेत्र नं। २ र ३ लाई समायोजन गरी संघीय क्षेत्र २ र त्यस अन्तर्गतका क र ख मा प्रादेशिक समितिको पुर्नसंरचना गरेको हो । नेपाली काँग्रेस केन्द्रीय विधान तथा निर्देशिका अनुसार संघीय क्षेत्र नं। २ को सभापतिमा साविक क्षेत्र नं ३ का सभापति देबबहादुर खाँण ईश्वर चयन हुनुभएको छ । त्यस्तैगरी साविक क्षेत्र नं। २ का सभापति अर्जुनप्रकाश अर्याल सहसभापतिमा चयन हुनुभएको छ ।
त्यस्तैगरी उपसभापतिमा हरिबाबु पोख्रेल, सचिवमा महेश भट्टराई, दामोदर लम्साल, शालिकराम देवकोटा, नरबहादुर पौडेल, कोषाध्यक्षमा चेतनारायण श्रेष्ठ, टिकाराम तिवारी, सहसचिवमा बोला पाठक, सरस्वती बगाले लगायत अन्य सदस्यहरु रहेका छन् । समायोजनसँगै आज पहिलो बैठक सभापति देबबहादुर खाँणको सभापतित्वमा सम्पन्न भएको छ । यसैबीच भेलाले नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले संघीय नेपालको पुर्नसंरचना अनुसार पार्टी संगठनको पुर्नसंरचना जारी गरेको अन्तरिम ब्यवस्था निर्देशिका बमोजिम स्याङ्जा क्षेत्र नं। २ क र ख प्रदेशको पनि समायोजन गरेको छ । प्रदेश क मा अर्जुनप्रकाश अर्यालको सभापतित्वमा कार्यसमिति चयन गरेको छ । जसको सचिवमा नरबहादुर पौडेल र दामोदर लम्साल, कोषाध्यक्षमा चेतनारायण श्रेष्ठ, सहसचिवमा सरस्वती बगाले र बोला पाठक हुनुहुन्छ भने अन्य सदस्यहरु छन् । त्यस्तैगरी प्रदेश ख मा सभापतिमा हरिबाबु पोख्रेल चयन हुनुभएको छ भने सचिवमा महेश भट्टराई र शालिकराम देवकोटा हुनुहुन्छ । त्यस्तैगरी कोषाध्यक्षमा टिकाराम तिवारी हुनुहुन्छ भने अन्य सदस्यहरु रहेका छन् ।












