मृगौला पिडित पल्लीलाई बुधवार काठमाडौंमा ५ लाख रकम हस्तान्तरण गरिदैं

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी – गुल्मी मुसिकोटकी मृगौला पिडित देवी पल्लीको पर्सी नगद ५ लाख रकम हस्तान्तरण गरिने भएको छ । मुसिकोट नगरपालिका ४ बडागाँउ दजाकोट निवासी ३२ बर्षीय मृगौला पिडित पल्लीको लागि मुसिकोट नगरवासी देश तथा विदेशमा रहेका युवाहरुको पहलमा संकलन गरिएको नगद ५ लाख रकम काठमाण्डौको नँया बानेश्वर स्थित एवीसी इन्दे्रणी कार्यक्रमका बीचमा आश्विन २९ गते दिउँसो १२ बजे अर्थात बुधवार मृगौला पिडित पल्लीलाई रकम हस्तान्तरण गरिने आर्थिक सहयोगी कर्ण थापाले जानकारी दिए ।

हालसम्म मृगौला पिडित पल्लीको लागि अमेरिकामा विष्णु कार्की बिमलको पहलमा २ लाख ११हजार,नवदिप समाजसेवा परिवार मसिकोट नगरपालिका ४ जेगाको पहलमा २ लाख, तथा समाजसेवी तथा आर्थिक सहयोगी कर्ण थापाको पहलमा इन्द्रेनी कार्यक्रमको व्यवस्थापक सहित ५० हजार,दक्षिण कोरियामा अर्जुन मगरको पहलमा ४२ हजार लगायतबाट जुटेको आर्थिक संकलित रकम हस्तान्तरण गरिने समाजसेवी थापाले जानकारी दिए । साथै मृगौला पिडित पल्लीको लागि हालसम्म बोल भएको रकमलाई खातामा पठाइ जम्मा गरिरदिन सबै सहयोगीहरुलाई समाजसेवी थापाले आग्रह गरे ।