सानुवावु सीलवाल । एक्लो अर्थात सिङ्गल भै दश हज्जार ४ सय डलर भन्दा कम कमाइ भएको भए तपाइलाइ सन २०१८ अर्थात गत सालको आम्दानि कर दाखिला गर्न बाध्यकारि हुने छैन। अर्थात अमेरिकि सरकार आन्तरिक राजस्व कार्यालय आइ आर एसले तोकेको निम्नतम कमाइ स्ट्यान्ड्रर भन्दा कम कमाउनु भएको भए तपाइलाइ २०१८ सालको कर दाखिला गर्नु पर्ने छैन। सोझ भाषामा भन्दा। तथापि ब्याक्तिको उमेर, ब्याक्तिको आम्दानि र फाइलिङ्ग स्ट्याटस गरि तिन तहमा फालिङ्गको फरकता र भिन्नता एबम अबस्था हुने हुन्छ। एकल ब्याक्ति, घर मुलि वा स्पाउस अर्थात श्रीमतिसङ्ग सयुक्त वा अर्कैको निर्भरता अर्थात डिपेन्डेन्टको रुपमा कर दाखिला गर्न सकिन्छ। तपाइ स्वरोजगार अर्थात सेल्फ एम्प्लोइड हुनुहुन्छ भने यदि तपाइले ४०० सय डलर वा माथि कमाउनु भएमा फर्म १०९९ मा हुनुहुन्छ भने तपाइले आम्दानि कर दाखिला गर्नु पर्ने हुन्छ। तपाइ उमेरले ६५ बर्ष भन्दा तल र एक्लो हुदा तपाइले १०४०० डलर भन्दा तल तपाइको २०१८ बर्ष भरिको बार्षिक कमाइ भए कर दाखिला गर्न जरुरि छैन तपाइले। सन २०१८ अर्थात गत सालको आम्दानि कर दाखिलाको तयारिमा हुनुहुन्छ भने तपाइको सहजताको लागि अमेरिकि सरकारको निम्नतम कमाइ स्ट्यान्डरलाइ उल्लेख गरिदिएको छु।
यदि तपाइ एक्लो ६५ बर्ष मुनि हुनुहुन्छ तपाइको कमाइ १२ हज्जार डलर, ६५ बर्ष माथि भए तपाइको कमाइ १३,६०० डलर, तपाइ बिबाहित हुनुहुन्छ र सयुक्त कर दाखिला गर्ने भए र तपाइ ६५ बर्ष मुनि हुनुहुन्छ भने २४ हजार डलर, तर तपाइ मध्ये श्रीमान र श्रीमति मध्ये एक ६५ माथि र एक ६५ बर्ष मुनि भए २५,३०० डलर, दुबै ६५ बर्ष माथि भए २६६०० डलर, बैबाहिक तर छुट्टाछुट्टै भए ६५ बर्ष मुनिका लागि १८ हजार, ६५ माथि भए १९६०० डलर, बिधुवा तर ६५ बर्ष मुनिका लागि २४ हजार, ६५ माथि भए २५३०० डलर निम्नतम कमाइ स्ट्यान्डर आइ आर एसले तोकिदिएको छ। यहि कमाइ आधारमा तपाले प्राप्त गर्ने रिफन्ड, डिपेन्डेन्ट, ट्याक्स क्रेडीट र आम्दानि कर र मार्केट प्लेस स्वास्थ्य बिमाको सहुलियति कायम गरिएको छ।तर, तपाइले बर्ष भरिमा एक वा सो भन्दा बढि ठाउमा काम गर्नु भयो तर तपाइको कमाइ १ डलर नै किन नदेखियोस तपाइको डब्लु टु फर्ममा भने तपाइले उक्त आम्दानि सहित कर दाखिला गर्नुहोस । किनभने तपाइलाइ यसबाट ठुलै लाभ हुनेछ। एक भोलि बैङ्किङ्ग लेन्डर खोज्दा, घर वा गाडि वा क्रेडीट कार्ड वा लोन वा कुनै चिज उधारोमा लिनु परे तपाइको कर दाखिलाको प्रमाण खोज्नेछ। अर्को तपाइलाइ ट्याक्स क्रेडीटमा महत्वपुर्ण हिस्ट्रि बन्न सहयोग गर्नेछ। अमेरिकामा कर दाखिला गर्नु भएन र तपाइको क्रेडीट बन्न सकेन भने अमेरिकन जनजिवन शुन्य हुनेछ। मतलब आर्थिक कारोबारमा तपाइको स्थान शुन्य हुनेछ। यसबाट तपाइलाइ कुनै पनि फानान्सियल अबसर एबम प्रिभिलेज प्राप्त हुने छैन। कागज हुने तर करमा काम अनगरि नगद मात्रै बुझ्दा तपाइलाइ अमेरिकन कुनै पनि निकायले बिस्वास गर्ने छैन कमाइ सबै नगदमा, फुडस्ट्याम्प लिने, मेडिकेड र मेडिकेयर लिने र सरकारि लाभ लिदै जानु भयो भने चाहि तपाइ सकसमा पर्नु हुनेछ।












