दशै मनाऔ , दशा नभित्राऔ ।

प्रकाशित मिति:

सन्तोष चोखाल \
यतिबेला हामीहरूको महान पर्व बडा दशैले हाम्रो घरआँगन ढकमक्कैढाकेको छ । सबैभन्दा पहिला हामी सम्पूर्ण नेपालीजनमा बड़ादशैकोपावन अवसरमा धेरै धेरै शुभकामना व्यक्त गर्दछु । हामी जनतादेखी हाम्रादेशका नेताज्यूँसम्मलाई दशैको सकारात्मक आशीष मिलोस छीट्टैदेशमा शान्ति क़ायम हुदै देश विकासको गतिले तीव्रता प्राप्त गरोस । हामीजनताहरूमा पनि नेतालाई विकासको कार्यमा लाग्न दवाब दिने र आफुपनि विकासको कार्यमा लाग्न दुर्गा भवानीले शक्ति प्रदान गरून । यी तभय अपेक्षाका कुरा । अब लागौ बड़ा दशैक़ै रमझम तर्फ प्रदेश गएकाकयौ बुवा दाज़ुभाई दिदीबहिनीहरू दशैको लागि घरदेश फ़र्कदै हुनुहुन्छ । घटस्थापनापछी दशैको रमझमले गाऊँ,शहर,बस्ती सबै तातेक़ो छ । यतिरमाईलो चाड हामी कसैको लागि पनि दशा बन्नु हुदैन । मेरा पाठकवर्गहरूतपाईलाई लाग्दो यसपालि ऋणधन गरेर भय पनि दशै भव्य रूपमामनाउने हो। पल्लो घरे रामे ज़त्रो ख़सि ढाल्ने हो । उनीहरूले किने जस्तोलुगा क़िन्ने हो । यसपाली त ठुलो खलमा जुवातास पनि खेल्ने हो न ततन्नै पैसा पो जितिन्छ की । तर एकछिन सोच्नुस त एकदिनकोरमाइलो तपाईको लागि दशा बन्न पनि सक्छ । दशै जोकोहिका लागि दशाबन्न आएको चाड होईन तर हामी आफैले दशा बनायौ भने एकदिनरमाईलोले सबै स्वाहा हुन पनि सक्छ । रामाइलो गर्नुस खानुस रमाऊनुसतर आफ्नो परिवारसँग बसेर आफ्नो गक्षअनुसार दशैलाई दशैक़ै रूपमामनाऔ दशाको रूपमा होईन । आफुमा आफ्नो परिवारमा जे छ त्यसैमासन्तोष भएर खुसिका साथ हर्षोल्लासका साथ दशै मनाऔ । अघिल्लावर्षका दशैहरूमा सुनिन्थ्यो त्यसले दशैले बेला आफ्नो घरनै जुवामाहारेछ नि उसले जुवामा आफ्नो श्रीमतीसम्म पनि हार्यो रे । यी यस्तादशादायी दुखदायी ख़बर यसपटक सुन्नु पर्ने छैन भन्ने आश गरौ ।बूझ्नेले नबूझ्नेलाई सम्झाऔ जान्नेले नजान्नेलाई सहयोग गरौ । दशैजस्तो यति राम्रो यति सुन्दर यति धेरै महत्व बोकेको पर्वलाई भाईचारार आत्मियता क़ायम गर्दै भव्य रूपमा मनाऔ । सक्नेले नसक्नेलाई दिएरहुन्छ की बाँडेर हुन्छ की सहयोग गरेर हुन्छ की खुसीका साथ सबैले घाँटीहेरि हाड़ निल्ने तरिकाबाट दशै मनाऔ । हाम्रो देश ग़रीब भए पनि हामीसारा नेपाली मनका धनी छौ नि यो मनको धनीलाई आत्मीयतामाबदलौ । तपाईले गरेको एकछिनको एकदिनको रमाइलो तपाईकोपरिवारको लागि सबैभन्दा ठुलो दशा बन्न सक्छ , बेलैमा सजग रहनुहोला। तपाई एकछिन त जाँड़ रक्सि खानुहोला एकदिन त हो नि जुवातासखेल्ने भन्दै जुवातास खेल्नुहोला तर तपाईको एकछिनको एकदिनकोरमाइलोले तपाईको छोराछोरीको तपाईको परिवारको भविष्य अन्धकारहुन सक्छ । जाँडरक्सि खानुस घरमै खानुस जुवातास खेल्नुस साथीभाईसँग खेल्नुस घरमै परिवारसंग खेल्नुस तर बिना पैसाको खेल्दापनि भयो नि तर एकछिन सोच्नुस है घरै बेच्ने गरि चाही नखेल्नुस ।एकछिन एकदिनको रमाइलोले सारा जिन्दगी नै अन्धकारमय हुनसक्छ । समयमै सचेत रहनुहोला । दशैको महत्व जस्तो छ त्यसरी नैमनाउने प्रयास गरौ । अरुले लगाउदैमा लगाउनै पर्छ भन्ने केहि छैन अरुले ख़सि ढाले। भन्दैमा आफुले पनि ख़सि नै ढाल्नु पर्छ भन्ने केहि छैन आफुसंग घरमा भएको मीठोमसीनो खाएर पनि राम्रोसंग दशै मनाउनसकिन्छ ।