प्रकाश न्यौपाने
फाल्गुन १४ गते न्यू लाईफ कलेजको संञ्चालक र शिक्षक गरी करीव ३० जनाको संख्यामा हामी सुस्तामा रहेको ठोकर पाच नजिकै बनभोजका लागी गएका थियौं । हामी पुगेपछि नास्ता खाएपछि दिनानाथ पौडेल,प्रकाश न्यौपाने, अमृत सुवेदी, सुरेश रायमाझि र नारायण बस्याल गरी हामी पाच जना साथिहरु सुस्तामा बनिरहेको पुलको अवलोकनमा जाने भनेर तेता तिर लागीयो । करीव एक घण्टाको पैदल यात्रा पछि हामी सुस्तामा बन्न लागेको पुलमा पुगियो । केही समय त्यहां अवलोकन गदैगर्दा निकै खुसी पनि लाग्यो । अवलोकनका क्रममा ढिलै भएपनि पुल बन्ने लतखर देख्दा हामीले त्यहा बनिरहेका पुलका लागी बनिरहेका पिल्लरहरुको अवलेकन गर्दै गर्दै सुस्ताको किनारमा पुग्यौ । किनारमा पुगेपछि हामीले नदि तरेर पारी जाने निणर्य लियौं । त्यसपछि हामी पारि अथार्त सुस्ता गाउपालिका को पाच नम्बर वडाको क्षेत्रमा पुग्यौ । सबै साथिहरुको हातमा भएको मोवाइललाई साथिहरुले भरपुर प्रयोग गर्दै समय समयमा तस्वीरहरु खिचिरहनु भएको थियो । तेतिकैमा हामी सुस्ताको एउटा बोड सहितको तस्वीर लिने क्रममा त दिनानाथ सर र नारायण सर बिच निकै तर्क विर्तक भयो ।
सुस्तामा पुगेर हामीले पहिला भन्दा केही फरक देख्यौ । अहीले बाटो बनोको सोलारको लागी विजुलिको पोल गाडिएको दुई कोठाका घरहरु बनिरहेको लगायतका केही नया झलकहरुको हामीले देख्यौ । हामी करीव विस मिनेट सुस्तामा रहेको नेपाल प्रहरीको पोष्टमा बस्यौं । त्याहाको कुराकानिमा पनि हामीले सुस्तामा अहिले राम्रै बजेट आएको र पहिला भन्दा अहीले धेरै परिवर्तन भएको कुरा बताएका थिए । त्यसपछि हामी फर्कियौं र सुस्ताको नदिमा आयौ त्याहा आउदा हामीलाई ढुंगाा नपाएर करीव आधा घण्टा जति हामीले ढुंगा कुर्न पयो । यसबाट सुस्तामा पुग्नका लागी कति कठिन छ । भन्ने कुरा प्रष्ट हुन्छ । यति मात्रै होइन आधा घण्टा कुररे पछि ढुंगाा आयो र त्यसमा हामी सवार भयौ । त्यस पछि साथिहरुले पनि र ढुंगााको बिचको फरक देखाउदै भन्नु भयो याहां पौडि खेल्न को को लाई आउछ । किनकि हाम्रो यात्रा अत्यन्तै जोखीम युक्त र कस्टकर पनि रहेकोले होला साथिहरुको यी र यस्तौ प्रश्नहरु आइरहेका भन्ने हामी सबैले बुझेका थियौं । यी र यस्तौ कुरा गर्दा गर्दाै करीव २० मिनेटमा नदि पार भइयो ।

हामीले सुस्ता बचाउ अभियानका अभियान्ता मुन्ना खांसंग भेट गर्ने र केही भलाकुसारी गर्ने अवसार मिल्यो । उहाले पनि अहीले सुस्ता नेपालमा नै रहन्छ जस्तो लागेको छ मलाई पनि । किनकी अहीले नेपाल सरकारले सुस्ताको विकासका लागी केही चासो दिएको छ भन्दै हुनुहुन्थ्यो उहाको सबै कुरा सुन्दा सुन्दा निकै खुसी पनि लाग्यो पहीलेको अवस्था जस्तो अहीले घर घर आउने, डर, धकी र त्रास दिने जस्ता कामहरु भारतिय पक्षहरुले गरेका छैनन् । यो सुन्दा हामीलाई निकै खुसी लाग्यौ । यतिकैमा हाम्रो सुस्ताको यात्राको समापन भयो ।














