विशाल भण्डारी – विश्वब्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (COVID 19 ) बाट कति पनि बिचलित नभई आफू पनि बाचौ र अरुलाई पनि बचाऔँ । सरकारले दिएको निर्देशनलाई सबैले पालना पनि गरौँ । देश अहिले पुर्ण लकडाउन भएको अवस्थामा बस्तुबासी आमाबुवा , दाजुभाई तथा दिदिबहिनीहरुले घरमै बसि सरकारको यो नीतिनिर्देशनलाई पुर्ण रुपमा पालना गरौँ ।
सकेसम्म घर भित्रै बसोबास गरौँ , अत्यावश्यक कामले घरबाहिर निस्कनुपर्ने भएमा माक्सको प्रयोग गरौँ , नियमीत रुपमा साबुन पानीले मिचिमिची हातमुख धुने गरौँ , घरलाईनै क्वारेन्टाइन (एकान्तबास) सम्झिएर घरभित्रै बस्ने गरौँ , घरमा बस्दा सकारात्मक चिन्तन गरौं , आत्मबललाई सधै उच्च बनाऔँ । घरमा बस्दा शारीरिक सरसफाइ तथा घरभित्र र घर वरपरको बाताबरणिय सरसफाइलाई समेत विशेष ध्यान पुर्याऔं , नियमित मनतातो पानी पिउने गरौँ , भिटामिन ‘ सि ‘ जन्य बस्तुको सेवन गरौँ र यो समयमा आफ्नो खेतवारीमा विभिन्न अन्न्वाली, नगदेवाली , तरकारीवाली , फलफुल आदिको उत्पादन गर्ने तर्फ पनि जोड पुर्याउन सक्यौं भने उता सरकारको नीति निर्देशनको पनि पालना र समयको माग अनुसारको कार्य र आयआर्जनलाई पनि केही मद्दत हुने हुँदा यस्तै यस्तै कार्यहरुप्रती सकारात्मक चिन्तन लिएर अगाडि बढ्न सक्ने हो भने लकडाउनको पुर्ण पालना र समयको पनि सहि सदुपयोग हुने थियो ।
यो समयमा बस्तुबासी सम्पुर्ण महानुभाबहरुले समयको पालना गर्दै समय अनुसार चल्न र अघि बढ्नु हुनेछ भन्ने अपेक्षा पनि लिएको छु । आज विश्वका शक्तिशाली देशहरु समेत हम्मेहम्मे परेको यो अवस्थामा हामी बस्तुबासीले यो गम्भीरतालाई पनि आत्मसात गर्दै अगाडि बढ्ने बेला आएको छ । विश्वको दोस्रो मानिएको स्वास्थ्य क्षेत्रमा देशको हालत पक्कैपनी हेर्नुभएको छ , आफ्नो ख्याल गर्ने आफुले नै हो । यो समयमा सामान्य बिरामीले उपचार नपाएर मृत्यु भएका ज्वलन्त उदाहरण धेरै छन । अझ भनौं भने सानो लापरबाहीको परिणामले आज विश्वनै शंसकित छ । त्यसैले बस्तुबासी आमाबुवा दाजुभाई दिदिबहिनिहरुलाई फेरिपनि अनुरोध गर्न चाहे यो समयको पुर्ण पालना गरि घर भित्रै बसेर साथ दिनुहोला । आफ्नो सुरक्षा आफै गर्नु सबै भन्दा उत्तम हुन्छ र रोग लागेर उपचार खोज्नु भन्दा लाग्नै नदिनु उत्तम हुन्छ ।

विभिन्न सञ्चार माध्यमहरुबाट मैले पाएको जानकारी र आत्मिय भाइ एबम पत्रकार राम भण्डारीले दिएको जानकारी अनुसार धुर्कोट गाउँपालिकाले थालेको यो अभियान प्रती मेरो सानो गुनासो साथै सुझाब सल्लाह पनि छ ।
आजदेखि थालिएको अभियान लकडाउन उलंघन गर्नेलाई भाटे कार्वाही त्यो पनि बस्तुबाटै यो सुन्दा निकै कौतुहलता जाग्यो । यसमा मेरो आपत्तीको कुरा के हो भने अझैपनि हामीमा चेतनाको कमिनै छ कि ? कसो ! आजको युगमा आउँदा पनि भाटे कार्बाही सुरु गर्ने भैयो रे भनेको सुन्दा पनि हाँसो उठेर आउन्छ । मानब हौँ हामीहरु सम्झाई बुझ्याई गर्दा सबैले मान्नुहुन्छ यदि त्यस्तो लकडाउनको उलंघन गरि हाल्नुभयो भने अन्य पनि हुन्छ कि सजाय ? सजाय गर्ने तरिका किन भाटे कारबाही गर्नुपर्ने ? हो हाम्रो गाउँपालिकाको कार्यालय बर्बोट बाट सुरु गरौँ यो अभियान हिम्मत राखेर ! आजभोली त पशुलाई पनि भाटा प्रयोग गरि आवस्यकता भन्दा बढी कुटपिट गर्नुहुदैन । हामी त मानव हौं मानव । मानव भएर पनि दानविय व्यवहार यदि बस्तुबासिले देखाएको खण्डमा र सरकारको नीति निर्देशन पालना नगरेमा सजायको अन्य विधि प्रयोग गर्नुहोस । यो अभियानको संयोजक को हुनु भएको छ यो बिषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।
यदि कसैले लकडाउनको उलंघन गर्छ भने त्यस्तो ब्यक्तीलाई क्वारेन्टाइनमा लगेर धकलौँ। उठबस गराएर केही सजाय दिनुहोस , कस्तो प्रकृतीको नियम उलंघन भएको छ विश्लेषण गरि अन्य कार्बाही अगाडि बढाउनुहोस । हो सरकारको नीति निर्देशन उलंघन गर्नेलाई छाड्दिनुहोस भन्न खोजेका होइन मैले ! सजायका अन्य विधि प्रयोग गर्नुहोस । यो विधि त द्वन्दकालको विधि भन्दापनी अर्कै हुन्छ कि ? यो समयमा समय अनुसार चल्न सिकौँ परिस्थिति जन्य शासन बिधीको प्रयोग गरौँ ।
अन्त्यमा पुन दोहोर्याउन चाहेँ हामी बस्तुबासी आमावुवा , दाजुभाई , दिदिबहिनिहरु सम्पुर्णमा मेरो अनुरोध हामी सम्पुर्ण सुरक्षीत घरमै बसौँ ! लकडाउनको पुर्ण पालना गरौँ ! बाहिरबाट आउनुभएका दाजुभाइले पनि क्वारेन्टाइनमा बसेर साथ दिनुभएको छ । हामीहरु घरमै बसेर साथ दिउँ । नियमित सावुनपानीले मिचीमिची हातमुखखुट्टा धुने गरौँ । सेनिटाइजर माक्सको प्रयोग गरौ । अत्यावश्यक बाहेक अन्य काममा घर बाहिर ननिस्कौँ । सकारात्मक सोचको बिकास गरौँ ।
लेखक भण्डारी बस्तुका इस्थाई बासिन्दा हुनँ ।












