अमेरिकामा भाडा तिर्न सकस भ​ए तपाइलाइ १५ आइडिया सहित​का टिप्सहरु-सानुबाबु सिलवाल​

प्रकाशित मिति:

सानुबाबु सिलवाल​ –  एपार्टमेन्ट, घर भाडा रेन्ट तिर्न मुश्किल खेप्दै गरेका ब्याक्ति एबम परिवारहरुको हितका लागि लेखिएको आजको लेख​। कोरोना भाइरसका कारण नया नेपालि दाजुभाइ दिदिबहिनि, पुरानै बस्दै गरेका दाजुभाइ दिदिबहिनि, कमाइ कम भ​एका, सेभिङ्ग नभएका ब्याक्ति एबम परिवारहरु अहिले बाच्नै नबाँचिने हो कि भन्ने सन्त्राससङ्गै आर्थिक चपेटामा नराम्रि परे अमेरिकामा र पर्दै छन​। उनिहरुका लागि लक्षित गरि बुँदागत लेख पस्किएको छु। थप जान्न मन लागे तपाइहरुका लागि ढोका खुल्ला छ सोध्न सक्नु हुनेछ जुनसुकै बेला पनि।

१) मार्च २७, २०२० तारिख हस्ताक्षर भ​एको केयर एक्टले १२० दिन अर्थात अगष्टसम्म तपाइलाइ कुनै पनि घर साहु, एपार्टमेन्ट साहु, कम्पनिले घर, कोठा र एपार्टमेन्ट खालि गरिदे भनेर भन्न नपाउने अधिकार स्थापित गरिदिएको छ यदि भाडा समयमै बुझाउन सक्नु भ​एन भने।

२) तर​, भाडा चाहि मिनाहा होइन यसको मतलब​।

३) तपाइ होमलेस चाहि हुनु परेन​।

४) सघिय सरकारको १२ सय डलर प्रति ब्याक्ति एबम परिवारको हकमा श्रीमान श्रीमति र एक बच्चा सहित २ हजार ९ सय डलर बुझ्दै हुनुहुन्छ अर्को २ हप्ता भित्रमा यदि २०१८ वा २०१९ को कर दाखिला गर्नु भ​एको भ​ए।

५) यो रकम बुझ्न सन २०१८ म कर दाखिला नभ​एका तर २०१९ मा काम गरि कर चाहि दाखिला गर्न नभ्याएकाहरुले तुरुन्तै १-२ दिनभित्रैमा कर दाखिला गर्नु।

६) १२० दिनसम्म नो लेट फि, नो पेनाल्टि, नो अतिरिक्त चार्ज भाडामा।

७) १७ दशमलब ४ बिलियन डलर हाउकिङ्ग एन्ड अर्बान डिपार्टमेन्टबाट खर्च गरिने गरि भाडा रेन्ट तिर्न नसक्नेहरुका लागि राहत रकम सघिय फेडरल सरकारले ब्यबस्था गरेको छ​। त्यसका लागि भवन तथा शहरि बिभागमा सम्पर्क गर्नु।

८) पे रोलमा काम गरि राज्यको बेरोजगारि भत्ताका लागि एलिजेबल भ​एकाहरुलाइ सघिय सरकारले थप ६ सय डलर प्रत्येक हप्ता १३ हप्ताका लागि ब्यबस्था गरेको छ​।

९) फेनि मे कम्पनिले डिसास्टर पिडितहरुका लागि रकम ब्यबस्था गरेको छ​।

१०) २११ डट ओआरजिमा सम्पर्क गरि उक्त सस्थाले तपाइको जिप कोड हानेपछि तपाइलाइ भाडा र अन्य राहत रकमको लागि सम्बन्धित सस्था र उसको फोन नम्बर र सम्पर्क सबै जानकारि दिन्छ​। उक्त नम्बरमा फोन गरि तपाइको समस्या बताउनु। तिनले तपाइलाइ सहयोग गर्छ​।

११) तपाइ बसेको सिटी, काउन्टि र राज्यको वेबसाइट खोलेर हेर्नु। अधिकाशले भाडा र फुडको ब्यबस्था गरेको छ नसक्नेहरुका लागि।

१२) एपार्टमेन्ट नेशनल एसोसियसन छ अमेरिकामा। यसको वेबसाइटमा गै सम्पर्क गर्नु। तिनले सपोर्ट गर्छन​।

१३) रेन्ट​एसिस्टेन्ट डट यु एस टाइप गर्नु र त्यहा पनि तपाइहरुको राहतको ब्यबस्था गरेको छ​।

१४) स्थानिय चर्च, सोसियल अर्गानाइजेसनहरु छन अमेरिकामा जसले तपाइलाइ च्यारिटि मार्फत सपोर्ट गर्दछन​।

१ ५) अमेरिकामा थुप्रै रिलिफ फाउन्डेसनहरु छन तिनले तपाइलाइ सपोर्ट गर्न सक्छन​।

तर​, यि सस्था, निकायसङ्ग सहयोग र राहत लिन तपाइसङ्ग कमसेकम अङ्रेजि भाषा बोलेको बुझ्ने र सामान्य जबाफ फर्काउन सक्ने चाहि हुनु पर्दछ है। न आत्तिनु तपाइलाइ अङ्रेजि भाषा नजानेरै पाउन सक्ने र पाउने राहत चाहि गुमाउन पर्दैन​। कहि कतै तपाइका लागि अङ्रेजिमा बोलिदिन र दोभाषेको काम परे मलाइ सम्पर्क गर्नु। तपाइहरुकै हितका लागि। यसरि नै सेवा गरिरहने छु तपाइहरुका लागि। मलाइ सस्था र पदको कुनै आबश्यकता छैन तपाइहरुको सेवा गर्न​।