✍ विशाल भण्डारी –
“मेरो देश , मेरो गौरव” , ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे’ देश प्रतिको निस्वार्थ माया , चिन्तन , देशको भबिस्य हामी सम्पुर्ण देशवासी जनताहरुको मनोभावनालाई समेटेर २/४ शब्दहरु कोर्ने जमर्को गरिरहेको एक देशभक्ती , देशप्रेमी युवा भन्न चाहेँ आफुले आफैलाई : अरुले के भन्लान भनेर त्यता तिर कहिल्यै पनि नकारात्मक सोच राख्नु हुँदैन भन्ने कुरालाई केही उदाहरण बाट पनि प्रष्ट पार्न खोजिरहेको छु ।
विश्वनै ससंकित भएको यो अवस्थामा हामी नेपालीहरुले पनि दिनप्रतिदिन यो परिस्थिति संग जुध्न बाध्य भएका छौ । चिनको हुवाई प्रान्तबाट फैलिएको नोवेल कोरोना (कोभिड-19) भाइरसले आज विश्वनै ससंकित भएको यो अवस्थामा हामी नेपालीहरु पनि यसको मार खेपिरहेका/भोगिरहेका छौँ ।
नेपाल सरकारले चालेको कदमलाई हामी सम्पुर्ण नेपालीहरुले आत्मसात गर्दै यो सरकारले दिएको नीतिनिर्देशनको पुर्ण पालना गरि एक असल नागरिकको पहिचान दिनुपर्दछ । राज्यले चाहेको बखत राज्यभित्रका सम्पुर्ण नागरिकहरुलाई राज्यले परिचालन गर्न समयअनुसार र परिस्थितिमुलक शासन सञ्चालन गर्नु राज्यको दायित्व हो । यो समयमा राज्यले सम्पुर्ण नागरिकहरुलाई घर भित्रै बस्न निर्देशन दिएको छ भने राज्यका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र परोपकारवाला पक्षहरुलाई राज्यले परिचालन गरिरहेको छ । त्यसैले यो प्रतिकुल समयको सामना गर्नु राज्यले चालेको यो कदमलाई सम्मान गर्दै हामी सचेत रहदै यसको पालना गर्नु सम्पुर्ण नागहरुको कर्तव्य रहन्छ ।
हामी नागरिकहरु आफ्नो कर्तव्यबाट कति पनि विचलन नभई राज्यले दिएको नितिनिर्देशन अनुसार आफ्नो जिवनयापन गरिरहन विनम्र अनुरोध गर्न चाहेँ ।
लकडाउनको पुर्ण पालना गरि घरभित्र बसि सधै सकारात्मक सोचँ बिचार राखी उच्च आत्मवलका साथ रहिरहनुहोला । राज्यलाई शक्तिशाली बनाउन त्यहाँ रहेका सम्पुर्ण नागरिकहरुको महत्त्वपूर्ण भुमिका रहने हुदाँ यो बिषयलाई महत्वका साथ बुझ्न र राज्यका नितिनिर्देशनको सहि पालना गर्न आवस्यक देखिन्छ । त्यसैले पनि सरकारले सक्दो प्रयास गरिरहेका कुराहरुलाई देख्न र सुन्न सकिन्छ ।
यो समयमा हामी सम्पुर्ण नागरिकहरुले सकारात्मक सोचका साथ राज्यभित्र समर्पित हुन जरुरी छ ।
लकडाउनको पुर्ण पालना गर्ने , नियमित सावुनपानीले हातमुख धुने , घरभित्र र वरपरको बाताबरण स्वच्छ राख्ने , सेनिटाइजिङ माक्सको प्रयोग गर्ने , सबैलाई आ-आफ्नो किसिमले सहयोग र सद्भाव कायम गर्ने , राजनीतिक चिन्तन गर्ने , आर्थिक चिन्तन गर्ने तर तनाब नलिने , सामाजिक चिन्तन गर्ने , आफ्नो धर्म र संस्कृतिको जगेर्ना गर्ने , आफ्नो धर्म र संस्कृतिको जगेर्ना गर्ने र उच्च मनोवलका साथ जिवनयापन गर्ने गर्न सकियो भने अवस्यपनी हामीहरु सफलताको शिखरमा पुग्न सकिन्छ ।
विभिन्न सामाजिक सञ्जाल मार्फत देखिने र सुनिने समाधानहरुलाई पनि हामीहरुले सकारात्मक चिन्तनका सात बुझ्नुपर्ने हुन्छ । यो महामारीको सामना गर्ने र घरभित्रै कुण्ठित भएर बस्नपनी पक्कै सजिलो कहाँ हुन्छ र ? तर यो अवस्थामा हामीहरुले राख्ने सोच र बिचारलेपनी महत्वपूर्ण भुमिका निर्वाह गर्ने हुदाँ यो अवस्थालाई हामीहरुले कसरी सहज बनाएर अगाडि बढ्ने भन्ने सम्बन्धमा हामी जुन कुरालाई पनि सलारात्मक सोचका साथ लिन सक्यौं भने र आत्मवल बढाएर लाग्न सक्यौ भने असम्भव भन्ने कुरा केही हुँदैन । यो समयमा राम्रो राम्रो कुराहरु पढौं , राम्राराम्रा अभिव्यक्तिहरु सुनौं, इतिहास , धर्म , संस्कृति बारे राम्रो संग बुझ्ने प्रयास गरौँ । सानालाई सधै माया, ममता स्नेह दिउँ र ठुलालाई सधै सम्मान गरौँ ।
सामाजिक सद्भाव राखौँ , देशभक्ती हुन सिकौं : यी सम्पुर्ण कुराहरुलाई सकारात्मक अध्ययन गरौँ । लक डाउनको पुर्ण पालना गरौँ , सरकारले बेलाबेलामा अघि सार्ने नितिनिर्देशनहरुको सहि रुपमा पालना गरौँ , आफुँ पनि बाचौँ अरुलाईपनी बचाऔँ ।
: लेखक भण्डारीले देशको बर्तमान अवस्थालाई झल्काउने गरि आफ्ना लेख प्रस्तुत गर्ने गर्छन ।












