सामाजीक सन्जालको दुरुपयोग

प्रकाशित मिति:

विपिन नेपाल सञ्चार भन्नाले निश्चित स्रोतबाट सृजित सूचना वा सन्देश कुनै माध्यमबाट प्रापक सम्म पुर्याउने प्रकृयालाई सञ्चार भनिन्छ। निश्चित अर्थपूर्ण सूचना तथा सञ्चार निश्चित समाचार माध्यम बाट आम जनसमुदायमा पुर्याउने प्रकृयालाई आमसञ्चार भनिन्छ। अर्थात् आमसञ्चार सञ्चारको व्यापक रूप हो। पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट,यू ट्युव, अनलाईन आदि आम सञ्चारका लोकप्रिय माध्यम हुन्।

यतिबेला परिस्थिति हेर्ने हो र बुज्ने हो भने समाजिक सञ्जालहरु यू ट्युव, फेशबुक, ट्वीटर, इन्स्टाग्राम, इमो, वीच्याट गलत रुपमा दुरुपयोग हुँदा त्यसले समस्या नित्याउन थालेको छ । एकतर्फी बाट हेर्ने हो भने विकासको निम्ति सामाजिक सञ्चारले निकै ठूलो भाग खेलेको हुन्छ । तर अहिले समाजिक सञ्चालको दुरुपयोग गरी आफुलाई मन नपर्ने व्यक्ति तथा नेताहरुको तस्बिरमा अनेकौँ जनावरका फोटो टाँस्ने, फेसबुक र यू ट्युवमा बिभिन्न पेज सिर्जना अश्लिल फोटो तथा भिडियोहरु पोष्ट गर्ने र बिभिन्न ब्यक्तिहरुलाई ट्याग गरिदिने गलत प्रबृत्तिले गर्दा नेपाली युवाहरु कुलतको बाटोतर्फ अग्रसर हुँदै गएको हो कि भन्ने भान पर्न थालेको छ । विभिन्न नामको पेज खोल्दै अनि अन्य मानिसको जथाभावी फोटो बनाउदै पोस्ट गरेको देखिन्छ । अहिलेको समयमा सञ्चार यस्तो माध्यम भएको कि रु कुनै मानिस दुखमा होस , मानिसको मृत्यु होस , कसैको दुर्घटना होस वा अन्य केही होस सहयोग गर्नुको साटो फेस्बुमा हाल्नको लागि आतुर हुन्छ ।

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दा यसको दुरुपयोगको पक्ष पनि निगरानी गर्नुपर्ने र स्वमूल्याङ्कन तथा स्वअध्ययन गरी सामाजिक सञ्जालमा के पोष्ट गर्ने र कस्तो सामाग्री पोष्ट नगर्ने भन्नेमा नागरिक स्वयम् सचेत हुनुपर्ने छ । यदि समाजिक सञ्जालको दुरुपयोगले गर्दा भोलि देशमा रहेका बिभिन्न जातजातिबचिको भाइचारा सम्वन्धमा मनमुटाव, र झैझगठा उत्पन्न भयो भने त्यसको जिम्मेवारी को हुने रु समाजिक सञ्जाल अभद्र हुँदै जाँदा र लगाम बिनाको घोडा बन्दै जाँदा राष्ट्रिय सुरक्षा, राष्ट्रियता अखण्डतामा कसैले चुनौती दियो भने त्यसको समाधान कसरी गर्ने रु यो एउटा गम्भीर प्रश्न हो । सामाजिक सञ्जाल बिकृत हुँदै जाँदा भोलि नेपालको संस्कृित र संस्कारमाथि प्रहार हुँदै गयो भने त्यसको परिणाम के होला रु भनिन्छ ुयुथुद्वारा पत्रकारमाथि ुफोर्सु प्रयोग र पत्रकारद्वारा सञ्चारको दुरुपयोग पनि भ्रष्ट आचारभित्रै पर्छन् त्यसैले यो बेलैमा सोच्नु पर्ने विषय हो ।

अपरिचित व्यक्तिहरूले पठाएको फ्रेण्ड रिक्विष्ट एसेप्ट गर्ने फेसबुक, ट्वीटर, भाइबर, इस्टाग्राम लगायतका सामाजिक संजालमा रहेका फोटोहरु तानी त्यस्ता फोटोहरु बिगारी, अश्लिल बनाई पोष्ट गरी ईज्जत प्रतिष्ठामा आँच पुर्‍याउने, अश्लिल भिडियोहरु बनाई पठाउने, शेयर गर्ने, व्यक्ति एंव संघ संस्था उपर जनमानसमा भ्रम सृजना गर्ने कुराहरु लेखी अपमान एंव गालिगलौज गरी कमेण्ट गर्ने जस्ता गतिविधि बढ्दै गएको छ’, महाशाखाले जारी गरेको सूचनामा भनिएको छ,‘ सामाजिक संजालको दुरुपयोग गरी विद्युतीय स्वरूपमा गैह्रकानूनी कुरा प्रकाशन गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार दुई लाख रुपैयासम्म जरिवाना वा पाँच वर्ष जेल साजाए ।
सहि ,सकारात्मक र सत्य सूचना प्रबाहको नाममा सञ्चारको दुरुपयोग नगरौं सकिन्छ भने सहि सूचना ,सहयोग , समाधानको विकल्प खोजौ भाइरल हुन र बनाउनको लागि दुरुपयोग नगरौ