नव समाजवादी पार्टीको प्रदेश ५ का जिल्ला समितिहरु नयां शक्ति पार्टीमा समायोजन

प्रकाशित मिति:

नव समाजवादी पार्टीको प्रदेश ५ का जिल्ला समितिहरु नयां शक्ति पार्टीमा समायोजन भएका छन् । शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी नवसमाजवादी पार्टीका प्रदेश ५ संयोजक चेतनारायण पन्थीले वैकल्पिक विचारसहित आर्थिक विकास, समृद्धि, सुशासन र सदाचारको पक्षमा स्पष्ट भिजन भएकाले नयां शक्ति पार्टीमा प्रवेश गरेको बताए । प्रदेश ५ का १२ मध्ये ८ जिल्लाका अध्यक्षसहित सिंगो जिल्ला समिति नयां शक्तिमा समायोजन भएका र रोल्पा, रुकुम, बर्दिया र दांग जिल्ला समिति पनि छिटै समायोजन हुने प्रकृयामा रहेको संयोजक पन्थीले बताए ।पार्टीको केन्द्रीय नेतृत्व र नयां शक्ति पार्टीबीच विगतदेखि नै एकताको निम्ति छलफल चल्दै आएपनि केन्द्रीय नेतृत्वको व्यक्तिवादी र पुरानै सोंचका कारण एकता हुन नसकेकाले प्रदेशमा समायोजन गरिएको पन्थीले बताए ।पार्टी समायोजन कार्यक्रममा बोल्दै नयां शक्ति पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य नवराज सुवेदीले दुई तिहाई वहुमतको सरकार अकर्मण्य भएको बताए ।सरकार गठन हुंदा जनतामा ठूलो अपेक्षा र आशा रहेपनि प्रतिवद्धता र घोषणापत्र अनुसारको काम नगर्दा जनतामा निराशा छाइसकेको बताए ।