गजल : लकडाउनको पीडा

प्रकाशित मिति:

 ✍बाबुराम भण्डारी

सुन्नै छाडे सुन्नेहरु कान बन्द भयो
चुल्हो निभ्दा गरिबको खान बन्द भयो ।।
दिनभरि कामगरी हात – मुख जोर्ने
विक्षिप्त भएका छन् मुहान बन्द भयो ।।
ठप्प भयो सारा जगत शोकाकुल छ
थला पर्यो हर्ष, नाच गान बन्द भयो ।।
महिनौं सम्म आफ्ना मान्छे भेटघाट् छैन
कोरोनाले गर्दा आउन्-जान बन्द भयो ।।
बुबा-आमा स्वर्गे हुँदा छोरो विदेशमै
रोएरै बस्नुपर्‍ यो उडान बन्द भयो ।।