नेकपा कैलाली द्वारा समाजबादी संस्कृति बारे बृहत बहस एवम् चियापान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

कार्तिक १२, कैलाली /
नेपाल कम्युनिस्ट पार्टी कैलालीले आज विजयदशमी,दिपावली र छठ पर्वको अवसरमा अन्तरक्रियात्मक चियापान तथा समाजबादी संस्कृति बारे बिचार आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा बोल्दै नेकपाका पोलिटब्युरो सदस्य ओम प्रकाश पुनले समाजबादी संस्कृती र पुँजीवादी संस्कृतिको बिषयमा चर्चा गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेता पुनले संस्कृतिमा भएका विविध खाले समस्या समाधान बैज्ञानिक समाजबादले मात्र गर्ने र त्यसको नेतृत्व एकिकृत जनक्रान्तिले गर्ने बताए । एक अर्को प्रसङ्गमा नेता पुनले धर्मको नाममा हुने विभेदका अन्त्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवम् सेती ब्युरो इन्चार्ज सिकन्दर,केन्द्रीय सदस्य एवम् महाकाली ब्युरो इन्चार्ज राप्ती,नागरिक समाजका अगुवाहरु, प्राध्यापक, डाक्टर,पत्रकार, कानुन व्यवसायीहरुले समेत आफ्नो धारणा राखेका थिए ।कार्यक्रममा पार्टीका नेता कार्यकर्ता एवम् शुभचिन्तक हरुको ब्यापक उपस्थिति रहेको थियो ।
जिल्ला सेक्रेटरी प्रकाश मल्लको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला ईन्चार्ज विवेकले गरेका थिए।