प्रेम,नवराज र समाज

प्रकाशित मिति:

सचिन पौडेल । भनिन्छ प्रेममा जात,धर्म,वर्ग हेरिदैन । दुई प्रेमिबिच मन मिलेपछी यी कुराले त्यति महत्त्व राख्दैनन १ हुनपनी हो माया अन्धो नै हुन्छ । तर यतिसम्म अन्धो पनि हुदोरहेछ कि त्यसले प्रेमिको ज्यानै लियो १ घटना केही दिन अगाडिको हो जाजरकोटका नवराज विक र रुकुमकि सुष्मा मल्ल बिच निकै समयदेखि प्रेम सम्बन्ध रहदै आएको थियो । त्यो प्रेम सम्बन्धलाई उनिहरुले विवाहमा परिणत गर्ने निर्णय पनि गरिसकेका थिए । तर सुष्माको परिवारलाई त्यो स्विकार्य थिएन कारण नवराज एक दलित समुदायका युवा थिय १ त्यसै त दलित समुदायसँग भौतिक र सामाजिक दुरि कायम गर्ने हाम्रो रुढीबादी समाज त्यसैमाथी एउटि ठकुरी खान्दान कि छोरी ले दलित समुदायका युवासंग प्रेम गर्दा कसरी स्वीकार गरोस १ तर यी कुराहरुलाई वेवास्ता गर्दै उनिहरु विवाह बन्धनमा बाधिने प्रण गरिसकेका थिए ।

उमेर भरखरै युवा अवस्थामा थियो यस्तो अवस्थामा उनिहरुले गरेको निर्णयलाई अस्वभाविक मान्न पनि सकिदैन । तर यहि निर्णय नवराज र उनका साथिको मृत्युको कारण बन्न पुग्यो । घटना घट्नु भन्दा केही समय अगाडि पनि नवराज सुष्माको घरमा गएको र उनलाई सुष्मा को परिवारले हप्काउदै उनलाई प्रहरीमा बुझाएको खबर सुन्नमा आएको छ । तर जेल नेल र हतकडी ले मायालाई कहाँ रोक्न सक्थ्यो र १ उनी त्यसपछि पनि सुष्माको आग्रहमा उनको परिवारलाई मनाउन भन्दै आफ्ना साथीहरूसंग रुकुम जाने निधो गरे । तर विचबाटोमा पुग्दा नपुग्दै उनिहरुमाथी सयौं गाउलेको समुहले हमला गरे र त्यसको भोलिपल्ट नवराजको शव नदी किनारमा भेटियो । त्यसबिचमा के भयो त्यो प्रहरीले अनुसन्धान गरेर पत्ता लगाउला ।

तर यतिकुरा पढ्दै गर्दा र घटनाक्रमलाई नियाल्दै गर्दा गाउलेहरुले नवराज र उनका साथिहरुको हत्या गरेर नदीमा फालेको भनेर अनुमान लगाउन सकिन्छ । हत्यामा को को संलग्न छन त्यो त आउने दिनहरुमा पत्ता लाग्लानै । यस घटनाको अरु कारण जेसुकै भएपनी मुख्य कारण भनेको हाम्रो समाज हो । त्यो समाह जहाँ सदियौ देखि मानव मानव बिच जात,धर्म,वर्ग र लिङ्ग को नाममा भेदभाव हुँदै आएको छ । संविधान र कानुनले अन्तरजातीय बिबाहलाई बैधानिकता दिए पनि समाजले यसलाई अझै बैधानिकता दिन सकेको छैन । मानव एक सामाजिक प्राणी भएकाले सामाजिक चेत हुन जरुरी छ । जबसम्म रुढीबादी संस्कृति र परम्पराले हाम्रो समाजमा जग गाडेर बस्छ नि तब सम्म कुनैपनि मानिसमा सामाजिक चेत र समाजमा परिवर्तन आउन सक्दैन र धेरै नवराजहरु मारिरहने छन र यस्ता घटना हामिलाई सामान्य लाग्दै जानेछ ।