नयाँ उचाइमा अमेरिकी डलरको मूल्य

प्रकाशित मिति:

असोज, काठमाडौं । अमेरिकी डलरको मूल्य पुनः बढेर नयाँ रेकर्ड बनाएको छ । १८ असोज शुक्रबार १ अमेरिकी डलरको विनिमय दर (बिक्री मूल्य) १३२ रुपैयाँ ६ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४६ पैसा पुगेको छ । २२ असोजको १ अमेरिकी डलरको बिक्री मूल्य १३२ रुपैयाँ २ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४२ पैसा रहेको थियो । २५ असोजसम्म स्थिर रहेको डलरको मूल्य २६ र २७ असोजको लागि बिक्री दर १३२ रुपैयाँ १ पैसा र खरिददर १३१ रुपैयाँ ४१ पैसा रहेको थियो ।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा लगातार कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्दै गएको छ । पछिल्लो पटक दुई साता अगाडि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर वृद्धि गरेसँगै डलरसँग भारतिय रुपैयाँ (भारु) लगातार कमजोर बन्दै गएको छ । भारतीय मुद्रा कमजोर बन्दा स्थिर विनिमय दरको कारण नेपाली मुद्रा पनि हालसम्मकै कमजोर बनेको छ । ९ असोज शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य त्यसयता लगातर बढ्दो क्रममा नै देखिएको छ । ९ असोज शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो ।

अगामी दिनमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको अर्थशास्त्रीहरु बताउँछन् । फेडले ब्याजदर बढाउँदा भारतसहित विश्वभरी रहेको अमेरिकी लगानी (पोर्टफोलियो) अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको जानकारहरु बताउँछन् ।फेडल ब्याजदर बढाउँदा विशेष गरेर भारतमा रहेको अमेरीकी लगानी फिर्ता जाँदा भारु कमजोर बन्न पुगेको र जसले गर्दा नेपाली मुद्रा पनि कमजोर बनेको हो । मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरिरहेका छन् । सोहीबीच अमेरिकी केन्ऽीय बैंकले पनि ब्याजदर बढाउँदा डलर थप बलियो बनेको हो ।

यसका साथै रुस-युक्रेन युद्धका कारण तेल र ग्याँसको आपूर्ति सहज नहुँदा युरोपियन अर्थतन्त्र कमजोर बनेका कारणले पनि डलर महँगिएको जानकारहरु बताउँछन् ।डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँमा आयात बढेर व्यापार घाटा झनै बढ्ने जोखिम रहेको अर्थविद्हरुको विश्लेषण छ । यसको साथै मुद्रास्फीति दाहोरो अंकमा पुग्ने विश्लेषण भइरहँदा डलरको मूल्यवृद्धिले मुऽास्फीतिमा थप चाप पर्ने पर्नेसक्ने अवस्था छ ।डलरको मूल्य बढ्दा नेपाल सरकारको वैदशिक ऋणको दायित्व बढेर बजेट घाटा झनै बढ्ने जोखिम पनि हुने अर्थविद्हरुको तर्क छ । यता रेमिट्यान्स, पर्यटन र वस्तु निर्यातमा भने डलर महँगो हुँदा सकारात्मक प्रभाव पर्नेसक्ने जानकारहरु बताउँछन् ।