ललितपुर महानगरका नगरप्रमुखद्वारा जिपि फाउन्डेशन अमेरीकाको कार्यालयमा विशेष भेटघाट  

प्रकाशित मिति:

न्युयोर्क-जिपी कोईराला फाउन्डेशन अमेरीकाको कार्यालयमा आज विहान एक विशेष छलफल एवं भेटघाट कार्यक्रम सम्पन्न भयो। ललितपुर महानगरका नगरप्रमुख श्री चिरीवावु महर्जनलाई फाउन्डेशनको न्युयोर्कस्थीत कार्यालयमा बिहान १०ः०० बजे फाउन्डेशनका अध्यक्ष श्री सोमनाथ घिमीरे लगायतका पदाधिकारीहरूद्वारा खादा लगाई स्वागत गरीएको थियो।सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष्य सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो।कार्यलयमा वहाँजस्तो कर्मशील एवं नेपालकै नमुना नगरपालिकाको मेयरलाई स्वागत गर्न पाउँदा अत्यन्त प्रशन्नता व्यक्त गर्दै फाउनेडेशनका अध्यक्ष्य सोमनाथ घिमीरेले फाउन्डेशनका सामाजिक गतिबिधीहरू वहाँलाई संक्षेपमा बताउनुभयो।साथै वहाँले ललितपुर महानगरले आज वहाँजस्तो मेयरलाई कुशल व्यवस्थापकको रूपमा पाएको र वहाँले साँच्चीकै गर्व गर्नलायक ललितपुर महानगर बनाउनुभएकोमा हार्दिकता प्रकट गर्नुभयो।

सो छलफलमा आफ्नो मन्तब्य राख्दै मेयर श्री चिरीवावु महर्जनले आफु अमेरीकामा आएर आफ्नो प्रिय नेता गिरीजाबाबुको नाममा स्थापित फाउन्डेशनले गरेका समाजिक कामको उच्च प्रशंसा गर्नुभयो। वहाँले ललितपुर महानगरका जनताले आफुलाई दोहोर्याएर मेयर पदमा अत्यधिक बहुमतले जिताएका र आफुले पंचायतकाल हुँदै बहुदलीय ब्यवस्था र वर्तमान गणतान्त्रीक कालखण्डसम्म आईपुग्दा ३ पटक वडाअध्यक्ष्य एवं २ पटक मेयरको कार्यभार सम्हाल्दै ललितपुरका जनजनको चासो र नासोलाई आफ्नै ठानी नगरभित्रका तमाम सामाजिक, सांस्कृतिक,धार्मिक,आर्थिक,वातावरणीय र राजनैतिक सन्तुलन कायम गरी जनचाहना अनुसारका विकास निर्माणमा विनाभेदभाव अहोरात्र खटीईरहेको बताउनुभयो।वहाँले नेपाल सिंगै एउटा म्युजियमरुपी संपदाको देश भएको र ललितपुर महानगर त्यस्को महत्वपूर्ण हिस्सा भएको बताउँदै पाटन दरबारस्क्यायर,मंगलबजार,लगनखेल,पुल्चोक,जावलाखेल लगायतका स्थानमा रहेका सयौं धार्मिक एवं पुरातात्विक सम्पदाहरू भुकम्पपछि आफ्नै नेतृत्वमा पुनर्निर्माण गरी अत्याधुनिक एवं पुरातात्विक शैलीमा फर्काईएकोमा गर्व गर्नुभयो।वहाँले आफु कम बोल्ने र निरन्तर नगरको हितमा कर्म गर्ने गरेको र कुनै मिडियाबाजी गर्ने नगरेको बताउनुभयो। हालै वहाँ विश्वबैंकले विश्वभरका उत्कृष्ठ मेयरहरूको अन्तर्राष्ट्रीय सम्मेलनमा भागलिन नेपालबाट १ मात्र उत्कृष्ट मेयरको प्रतिनिधित्व गर्दै अमेरिकाको राजधानी वाशिंगटन डिसीमा हुनगईरहेको विश्वसम्मेलनमा नेपालको प्रतिनिधित्त्व गरी सहभागिता जनाउन आउनुभएको हो।

सो अवसरमा फाउन्डेशनको कार्यालयमा नेपालका पुर्व माननीय बिजुल विश्वकर्मा, फाउनडेशनका प्रवक्ता रामचन्द्र अधिकारी, हामी नेपाली ग्लोवल अमेरीकाका अध्यक्ष शोभाकान्त पाण्डे, जिपी फ़ाउन्डेशनका कार्यसमिती सदस्य सुर्य सिंखडा,नेपाल प्रहरीका पुर्व एसएसपी दानबहादुर मल्ल लगायतका महानुभावहरूले समसामयीक र विकास निर्माण एवं नेपालको विकास र उन्नतीको बारेमा वहाँसँग समसामयिक प्रश्नोत्तर एवं अन्तर्कृया मार्फत विकास एवं निर्माणमा चासो र चिन्ता ब्यक्त गर्नुभएको थियो।करीब २ घन्टासम्म संचालित सो अन्तर्कृया एवं भेटघाट कार्यक्रममा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष्य हेमन्त मल्ल,कवियत्री एवं साहित्यकार ज्योती पौडेल,संयुक्त राष्ट्रसंघका पुर्व प्रशासक बद्री पौडेल, जीपीके फाउन्डेशन अमेरिका का संस्थापक सदस्य एंव सल्लाहाकार आदित्य महर्जन, विश्वनेवा अर्गनाईजेसनका उपाध्यक्ष्य समीर महर्जन, स्थानीय समाजसेवी कृष्णामाया महर्जन, संन्दीप नापीत, पुर्ण बहादुर तामागं, खेम बिमली लगायत दर्जनौं समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।स्मरण रहोस् ललितपुर महानगरका मेयर श्री महर्जन नेपालमा चर्चित एवं दोस्रो कार्यकालमा जनप्रिय भै लगातार निर्वाचित हुने नेपाली कांग्रेस पार्टीका नेपालकै नमुना मेयर हुनुहुन्छ। जिपी कोईराला फाउन्डेशन अमेरीका वहाँको चौतर्फी उन्नती एवं स्वर्णिम कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दछ ।